विश्वमै लोपोन्मुख हाडफोर गिद्धको गुँड भेटियो
जाजरकोट–जाजरकोटमा विश्वमै लोपोन्मुख हाडफोर गिद्धको गुँड फेला परेको छ । जिल्लाको रग्दा गाँउ विकास समितिको तल्लुभीरमा हाडफोर गिद्धको गुँड फेला परेको हो ।
स्थानियले दिएको सुचनाको आधारमा हेर्न जाँदा हाडफोर गिद्धको गुँड रहेको जिल्ला पशुसेवा कार्यालयका प्राविधिक सहायक गोविन्द सिहले बताए ।
उनले यो गिद्ध विश्वमै लोप हुने अवस्थामा रहेको बताए । यो गिद्धलाई स्थानियले हाडे गिद्ध भनेर चिन्ने गरेका छन् ।
प्रकृतिको कुचिकारको रुपमा लिईने यो गिद्धले सिनोका बचेका हड्डी खाने गर्दछ । राष्ट्रिय पंक्षि संरक्षण संघका सदस्य समेत रहेका प्राविधिक सहायक सिहले रग्दा गाविसका तल्लुगाँउ , बानियागाँउ , ध्यारगाँउ र रावतगाँउका जंगलमा खोजतलास गर्दा हिमाली गिद्धका ८ ओटा पुरानो र ११ ओटा बच्चाभएका गुड भेटाएको बताएका छन् ।
जाजरकोटका विभिन्न जंगलमा लोपोन्मुख विभिन्न प्रजातिका गिद्धहरुको बासस्थान रहेको उनले बताए । विश्मै लोप हुन थालेका गिद्धको संरक्षणको लागी सरोकारवालाहरुले समयमा आवश्यक पहल गर्नु पर्ने सिहको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण