वैज्ञानिक भन्छन्, ‘सगरमाथा विश्वकै अग्लो शिखर होइन’
काठमाडौं – सगरमाथा विश्वकै अग्लो हिम शिखर होइनभन्दा तपाईलाई आश्चर्य लाग्ला । तर विश्वमा भएको नयाँ खोजपछि अहिले सगरमाथाभन्दा अग्लो हिमालको चर्चा छ ।
द इन्डिपेन्डेन्ट मा छापिएको रिपोर्टमा भनिएको छ, इक्वेडरको चिमवोराजो हिमाल सगरमाथाभन्दा अग्लो रहेको निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् । वैज्ञानिकहरुका अनुसार सगरमाथाबाट अन्तरिक्षको दूरी जति टाढा छ । चिमवोराजोबाट त्यति टाढा छैन् ।
त्यसैकारण पृथ्वी र अन्तरिक्षबीचको दूरीलाई आधारमान्दा चिमवोराजो अग्लो हुन आउँछ । तर परम्परागत मापदण्डमा अझै पनि सगरमाथा नै विश्वको सर्वोच्च शिखर हो । सगरमाथा समून्द्री सतहबाट झण्डै ९ हजार मिटरमाथि छ । जसको अर्थ यो आफ्ना प्रतिस्पर्धी हिमालभन्दा धेरै अग्लो हो ।
पृथ्वीको अनौठो आकारका कारण इक्वेडरको हिमालबाट अन्तरिक्ष नजिक हुन गएको हो । तर समून्द्री सतहबाट नाप्दा सगरमाथालाई चुनौति दिने अर्को हिमाल विश्वमा छैन् । तर यदी पृथ्वीको केन्द्रबाट मापन गर्ने हो भने चिमवोराजो संसारकै अग्लो हिमाल हुन आउँछ । अनौठो कुरा पृथ्वीको केन्द्रबाट नाप्दा सगरमाथा विश्वकै अग्ला २० हिमालको सूचिमा पनि पर्दैन ।
इन्टिच्यूट डि रिसर्च पोउर लि डेभलपमेन्ट फ्रान्सले भर्खरै मात्र सगरमाथाको उचाई पहिले अनुमान गरिएभन्दा १५ फिट छोटो रहेको जनाएको थियो । सगरमाथाको फेददेखि टुप्पोसम्म नाप्दा यो हवाईको माउना किभन्दा छोटो हुन आउँछ ।
तर हवाइको माउन कि हिमालको धेरै भाग समून्द्रमा छ । जसका कारण यो हिमाल समून्द्री सतहबाट नाप्ने हो भने सगरमाथाभन्दा निकै छोटो हुन आउँछ । त्यसैले यो हिमाल सगरमाथाको विश्वकिर्तिमानी उचाई छेउछाउ समेत पुग्दैन ।
पृथ्वीको सबै भूभाग उस्तै नभएका कारण यस्तो देखिएको हो । यि सबै तथ्यहरुका बाबजुद सगरमाथा विश्वकै अग्लो र आरोहणका लागि सर्वाधिक कठीन हिमाल रहेकोमा भने कुनै विवाद छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण