घुस लिँदालिँदै उपभोक्ता मञ्चका केन्द्रिय सदस्य पक्राउ
काठमाडौं–राजधानीको खिचापोखरीस्थित नेपाल ओभरसिज मार्केटिङ कम्पनीका संचालक पवन अग्रवाललाई धम्क्याएर रकम असुल्ने उपभोक्ता मञ्च नेपालका केन्द्रिय सदस्य रोशन पोखरेलललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवालको स्वामित्वमा रहेको ‘जोन्सोन एण्ड जोन्सोन’ ब्राण्डका विभीन्न सामानहरुमा लेभलिङ सम्वन्धी समस्या रहेको भन्दै उपभोक्ता मञ्च नेपाल भृकुटीमण्डपमा कार्यरत केन्द्रिय सदस्य रोशन पोखरेलले अनुसन्धानका गर्न भनेर अग्रवालको कम्पनीमा टेलिफोन गरि कागाजत मागेका थिए । अग्रवालले उनले मागे बमोजिम कागजात पठाएपनि कागजात अपुग रहेको भन्दै कम्पनी संचालक अग्रवाललाई रोशन पोखरेलले छापा मारेर कम्पनी बन्दी गराईदिन्छु भन्दै धाक धम्की दिएर तिन लाख माग गरेका थिए । तिन लाख दिएमा छापा नमार्ने शर्त राखेका पोखरेललाई अग्रवालले कम्पनीका सेल्स म्यान कुमार दिपेन्द्र सागर मार्फत पहिलो किस्ताबापत एक लाख पठाएका थिए । कुमार दिपेन्द्र सागरसँग आफ्नै कार्यालयमा एक लाखा लिँदै गर्दा पोखरेल लाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । यसरी ठग्दै गरेको एक लाख नगद सहित नियन्त्रणमा लिएका पोखरेलबारे थप अनुसन्धान भईरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । पोखरेल राजधानीको मैतिदेवीमा बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण