बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बुद्ध जयन्ती तथा लुम्बिनी दिवस नजिकिँदै गर्दा  लुम्बिनी क्षेत्रको सुरक्षामा कडाइ

बुधबार, ०५ जेठ २०७३, १६ : १२
बुधबार, ०५ जेठ २०७३
रुपन्देही - पच्चीसय ६०औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस नजिकिँदै गर्दा यस क्षेत्रको शान्ति सुरक्षा कडा बनाउनुका साथै अन्य तयारीलाई तीब्र बनाइएको छ ।
क्षेत्रीय प्रशासन कार्यालय पोखराका प्रमुख क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइराला र क्षेत्रीय प्रहरी प्रमुखसहितको सुरक्षा प्रमुखको टोली पनि लुम्बिनीमै खटिएका छन्।
बुद्ध जयन्ती आउन तीन दिनमात्रै बाँकी रहँदा लुम्बिनीमा आयोजना गरिएको बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी तथा सुरक्षा प्रबन्ध मिलाउन लुम्बिनी आभएका क्षेत्रीय प्रशासक कोइराला बुद्ध जयन्ती सम्पन्न नहुँदासम्म लुम्बिनी मै बस्ने कार्यक्रम रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुन गइरहेको बुद्ध जयन्ती तथा लुम्बिनी दिवसलाई सफल पार्नका लागि उहाँसहित क्षेत्रीयस्तरबाट सुरक्षा प्रमुखको टिम लुम्बिनीमा आएको हो ।
मङ्गलबार मात्रै पोखराबाट लुम्बिनी आउनुभएका क्षेत्रीय प्रशासकले जिल्ला प्रशासन कार्यालय रुपन्देहीको संयोजनमा भैरहवामा बुद्ध जयन्तीको तयारीबारे जिल्लास्थित दलका प्रमुख तथा प्र्रतिनिधि, सामाजिक सङ्घ सस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतसँग समन्वय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप