शान्तिबाटीकाको रोचक तस्बीर: महन्थको मान्छे देख्दा शीर्ष नेताबीच खासखुस !
काठमाडौं– राजधानी केन्द्रीत आन्दोलन थालेको मधेसी मोर्चासहितको २९ दल सम्मिलित संघीय गठबन्धनले बुधबार राजधानीको शान्तिबाटीकामा बृहद विरोधसभाको आयोजना गरेको छ । गठबन्धनमा आबद्ध प्रायः शीर्ष नेताहरुको सहभागिता रहेको उक्त कार्यक्रममा एउटा रोचक दृश्य देखिएको छ । त्यो दृश्य अरु केहि नभएर तराई मधेस लोकतान्त्रिक पार्टीका एक कनिष्ठ नेतालाई कार्यक्रममा पार्टीको तर्फबाट प्रमुख वक्ता बनाइनु हो । गठबन्धनमा रहेर पनि असहयोग गर्दै आएको आरोप लागेका तमलोपाका अध्यक्ष महन्थ ठाकुरले विरोधसभामा पार्टीको तर्फबाट प्रमुख वक्ताको रुपमा कनिष्ठ केन्द्रीय सदस्य सुरेन्द्र झालाई पठाएका हुन् । यसअघि गठबन्धनको आन्दोलन चल्दै गर्दा भारत भएका उनी स्वदेश फर्किएपनि विरोधसभामा सहभागि नभएका हुन् । गठबन्धनको संयोजकको आकांक्षी रहेका उनले सो नपाएसँगै गठबन्धनलाई असहयोग गर्दै आएको मोर्चाका एक नेताले बताए ।
ती नेताका अनुसार सोहि कारण आजको विरोधसभामा महन्थले आफू ब्यस्त रहेको भन्दै झालाई पठाएका हुन् । आज झा सहभागि भएको बैठकमा गठबन्धनमा अबद्व शीर्ष नेताहरुको सहभागिता रहेको छ । शीर्ष नेता सहभागि भएको कार्यक्रममा तमलोपाको तर्फबाट कनिष्ठ नेता सहभागि भएपछि कार्यक्रम स्थलमै नेताहरुबीच खासखुस चलेको थियो ।
आजको कार्यक्रममा सहभागि हुने झा गठबन्धनको सिंहदरबार र बालुवाटार धर्नामा सक्रियतापूर्वक लागेका थिए । यस्तै माइतीघरमा भएको प्रदर्शनमा प्रहरीसँगको झडपमा उनी सामान्य घाइते समेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण