राष्ट्रको मुहार फेर्न स्थिर सरकार : उपप्रम केसी
बुधबार, ०५ जेठ २०७३, १५ : १४
भद्रपुर - उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले नेपालमा सरकार बन्नु र ढल्नु कुनै नयाँ कुरा नभए पनि स्थिर सरकारले मात्र राष्ट्रको मुहार फेर्ने बताएका छन् । झापाको भद्रपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले अर्थतन्त्रलाई बलियो बनाउन निजी, साझेदारी र सरकारी तीन खम्बे अर्थनीति अवलम्बन गरेको स्पष्ट पारे । उनले ऐन र नियमको अभाव सहकारी प्रणालीमा विभिन्न विकृति आएको स्वीकार गर्दै यसको समुचित व्यवस्था गर्न सरकारले सहकारीसम्बन्धी ऐन र नियम ल्याउने जानकारी दिए । मुलुकमा गरिबी निवारणका लागि अगामी आर्थिक वर्षको बजेटमा कार्यक्रम आउने स्पष्ट पार्दै सहकारी तथा गरिबी निवारणमन्त्री केसीले गरिब परिवारलाई पहिचान गर्न मुलुकका २५ जिल्लामा गरिबी प्रमाणपत्र पनि वितरण गरिने कुरामा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण