बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

श्रीलङ्काको पहिरोमा २ सय परिवार पुरिएको आशंका

बुधबार, ०५ जेठ २०७३, १६ : ३४
बुधबार, ०५ जेठ २०७३
कोलोम्बो - श्रीलङ्काको केगाल्ले जिल्लामा गएको पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १६ पुगेको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । यस पहिरोमा परी सयौं व्यक्ति वेपत्ता भएका छन् । करिब २ सय परिवार पहिरोमा परेको आशंका गरिएको छ । गत मङ्गलबार साँझबाट सो पहिरो जान सुरु भएको जनाइएको छ । सैनिक र उद्धार टोलीले खोजी र उद्धारकार्य जारी राखेका छन् । सो पहिरोमा परी सयौं व्यक्ति बेपत्ता भएका हुनाले मृतक सङ्ख्या बढ्नेसमेत अनुमान गरिएको छ । उद्धारकर्ताहरुको टोलीले करिब १४१ जनालाई तत्काल उद्धार गरेका र दुई सयभन्दा बढी घरपरिवार वेपत्ता भएका बताइएको छ । मौसमको खराब अवस्थाले गर्दा उद्धारको प्रयास गएराती रातभरी प्रभावित भएको बताइएको छ । सो पहिरो प्रभावित इलाकानजिकै रहेको वासिन्दाहरुलाई प्रहरी अन्यत्रै सुरक्षित इलाकामा सारेको पनि बताइएको छ । गत शनिबार साँझबाट परेको भारी बर्षा र हावाहुरीको कारण गएको यस पहिरोमा कम्तीमा तीन लाख ५० हजार व्यक्ति प्रभावित भएको बताइएको छ । यद्यपी यस पहिरोबाट प्रभावित भएका एक लाख ४० हजार व्यक्ति अस्थायी शिवीरमा बसोबास गर्दै आएका बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप