सुदुर र मध्य पश्चिममा वित्तिय सेवा वित्तिय सेवा विस्तार गर्ने सम्झौता
काठमाडौं– सक्षम एक्सेस टु फाईनान्स कार्यक्रम र नेपाल इन्भेष्टमेन्ट बैकंले एक कार्यक्रमबीच सुदुर र मध्य पश्चिममा वित्तिय सेवा विस्तार गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । सक्षमको आर्थिक तथा प्राविधिक सहयोगमा बैकंले कालिकोटको नाङ्मामा एक्सटेन्सन काउन्टर खोल्ने र अछाम, बझाङ, बाजुरा, दार्चुला र डोटीमा २८ शाखारहित बैकिङ इकाई खोल्नेछ ।
एक्सटेन्सन काउन्टरको उद्घाटनसगँै नेपाल इन्भेष्टमेन्ट बैकं नाग्मा कालिकोटमा वित्तिय सेवा पु¥याउने पहिलो निजि बाणिज्य बैकं बन्नेछ । बैकंको उपस्थितिपछि नाग्मा बजार, कालिकोटमा बचत,ऋण, विप्रेषणको साथै अन्य वित्तिय सेवाहरु उपलब्ध हुनेछन् । साथै, शाखारहित बैकिङ इकाइ मार्फत पाचँ जिल्लाका शहरोन्मुख र ग्रामिण क्षेत्रमा वित्तिय पहुँचको विस्तार पुग्नेछ । शाखारहित बैकिङसेवाको विस्तार सक्षम कार्यक्रमको शाखारहित बैकिङ मार्फत वित्तिय पहुँच विस्तार गर्ने पहल अन्तर्गत हुन लागेको हो । सक्षमको आर्थिक सहयोगमा विभिन्न बाणिज्य बैकंहरुले भुकम्प प्रभावित १४ जिल्ला र मध्य र सुदुर पश्चिममा ४१४ शाखारहित बैकिङ इकाइहरुको स्थापना गर्न लागेका छन् ।
कार्यक्रममा बोल्दै सक्षमका टिम लिडर बलजित बोहराले नेपाल इन्भेष्टमेन्ट बैकंसगँ सहकार्य गर्न पाउदाँ खुशी व्यक्त गरे । साथै एक्सटेन्सन काउन्टर र शाखारहित बैकिङ इकाइको स्थापनाले स्थानियको वित्तिय सेवामा पहुँच बढ्ने विश्वास व्यक्त गरे ।
बैकंका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले मध्य तथा सुदुर पश्चिममा वित्तिय सेवा विस्तार गर्न आफुहरु उत्साहित भएको बताए । पाण्डेले बैकंले अन्य भागमा पाएको सफलता जस्तै योे विस्तार पनि सफल हुने विश्वास व्यक्त गरे ।
बैकंको ४६ वटा शाखा र ३९ शाखारहित बैकिंग इकाइ रहेका छन् । यि शाखारहित बैकिंग इकाई मार्फत २२,००० भन्दा बढी ग्राहकहरुले सेवा प्रयोग गरीरहेका छन् । यि इकाईबाट हालसम्ममा २ लाख भन्दा बढी कारोबार भइसकेका छन् ।
सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बेलायत सरकार र नेपाल सरकार बीचको द्घिपक्षिय सहयोगमा लुइस बर्जरद्घारा अन्य संस्थासगँको सहकार्यमा नेपालमा कार्यान्वयन भईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण