बार्रोकाइ चप्पल अब नेपालको बजारमा
बुधबार, ०५ जेठ २०७३, १६ : ४४
युरोपको बजारमा ख्याति कमाएको इटालीयन डिजाइनको चप्पल बरोकीले अब नेपालको बजारमा पनि प्रवेश गरेको छ ।
गर्मी तथा वर्षात्को मौसमका लागि अत्यन्त उपयुक्त फेसनेबल चप्पल बरोकी अत्यन्त कडा र उच्च गुणस्तरीय लचकदार रबडबाट बनाइएको छ भनें यो विभिन्न आकर्षक स्टाइलहरुमा उपलब्ध छ । धेरै टिक्ने र आरामदायी मानिएको यो चप्पल तपाईंले घर, कार्यालय लगायत अन्य औपचारिक कार्यक्रमहरु एवं पार्टीहरुमा समेत प्रयोग गरेर आफूलाई अरुभन्दा भिन्न देखाउन सकिने जनाएको छ ।
हाल हर्ट्स र फ्लोरल डिजाइनजमा उपलब्ध बरोकीको हर्ट्स डिजाइननिलो, हरियो, गुलाबी, रातो र कालो रङ्गमा तथा फ्लोरलडिजाइननिलो, रातो र कालो रङ्गमा उपलब्ध छन् ।
यो चप्पललाई तपाईंले नेपालको अनलाइन बजारमा चिरपरिचित केमु मार्फत् सिधै खरीद गर्न सकिनेछ । केमुले आफ्ना ग्राहकहरुका लागि यस चप्पलको खरीदमा यही २०७३ जेठ १२ गतेसम्म विशेष छुट योजना पनि संचालन गरेको छ । जस अनुसार बरोकीको हर्ट्स डिजाइन अनलाइन खरीद गर्दा परिचयात्मक मुल्य रु.८०० मा १० प्रतिशत र फ्लोरलडिजाइन अनलाइन खरीद गर्दा परिचयात्मक मुल्य रु.९०० मा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । चप्पल हाल ३६, ३७, ३८, ३९ र ४० नम्बरको साइजमा मात्र पाइन्छ ।
एशिया प्यासिफिक इन्टरनेट समुहद्वारा प्रवद्र्धित केमुले क्रेता र बिक्रेता दुवैका लागि आपसी छलफल गर्ने मन्च उपलब्ध गराउँदछ र स्मार्ट फोनदेखि लिएर कम्प्युटरहरु, कपडाहरु, सामानहरु र घरायसी उपकरणहरु र अन्य धेरै वस्तुहरुका बारेमा यथेष्ट सूचना दिई उत्कृष्ट कारोबारको मौका दिलाउँछ । यही अनलाइन कारोबारको गन्तीमा अब केमुले बरोकीचप्पललाई पनि समावेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण