बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मह उत्पादनबाट ५४ लाख आम्दानी

बुधबार, ०५ जेठ २०७३, १६ : ५३
बुधबार, ०५ जेठ २०७३

सल्यान–सल्यानका किसानहरुले मौरी पालन व्यवसायमा राम्रो आम्दानी लिन थालेका छन् । आधुनिक घारको विकाससँगै मौरीपालनबाट किसानहरुले मनग्य आम्दानी लिन थालेका हुन् । पुराना घर विस्थापित गरी नयाँ घारको व्यवस्था तथा थोरै लगानीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरु मौरीपालन व्यवसाय तिर आकर्षित भएका हुन् । सल्यानबाट आर्थिक वर्षको ९ महिनामा १२ मेटिक्टन मह जिल्ला बाहिर निकासी भएको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ । १२ मेटिक्टन महबाट ५४ लाख भन्दा बढि किसानहरुले आम्दानी गर्न सफल भएको कृषि कार्यालय योजना शाखाका प्रमुख पृथ्वीराज लामिछानेले जानकारी दिए । उनले भने –‘चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लाबाहिर मात्रै १२ मेटिक्टन मह निकासी भएको छ जसबाट ५४ लाख रुपैया जिल्लामा भित्रिएको छ ।’

जिल्लामा मौरीपालन व्यवसायतर्फ किसानहरुको विस्तारै आर्कषण बढ्दै गएको बताउदै लामिछानेले ५ देखि ८ मेटिक्टन मह जिल्लामै खपत हुने गरेको बताए । गाउँमै ५ सयदेखि ७ सय रुपैयासम्म किसानहरुले बिक्रि हुदै आइरहेको उनले बताए । उनले भने –महको मुल्य राम्रो पाउन थालेपछि एउटै किसानले ५० देखि एक हजार घारसम्म मौरी पालन गर्दै आइरहेका छन् । श्रम कम हुने र राम्रो आम्दानी हुने भएकाले अहिले किसानको मौरीपालनमा आर्कषण बढेको छ । सरकारले पनि युवा लक्षित कार्यक्रम मार्फत युवाहरुलाई कृषितिर डोर्याएका कारण पनि आर्कषण बढ्दै गएको लामिछानेले बताए । जिल्लाका कालिमाटी रामपुर, काल्चे कालिमाटी, लक्ष्मीपुर, निगालचुला गाविस मौरीपालनका लागि पकेट क्षेत्र मानिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप