यस्ता छन् मगर पत्रकार संघको निर्णय
काठमाडौं–मगर पत्रकार संघले केन्द्रीय समितिमा तीनजना सदस्य मनोनित गरेको छ । बुधबार काठमाडौंमा बसेको संघको दोस्रो पूर्ण बैठकले अप्सरा समाल (उदयपुर), डिवी मगर (ओखलढुंगा) र नवीन रानामगर (स्याङ्जा)लाई मनोनित गरेको बैठकपछि महासचिव देव पचभैयाले विज्ञप्ती जारी गरेर जानकारी गराएका छन् । संघले २१ जना वरिष्ठ मगर पत्रकारहरुलाई सल्लाहाकारमा चयन गरेको छ । महासचिव पचभैयाद्वारा विज्ञप्तीअनुसार उजीर मगर, नरेश खपाङ्गीमगर (बेलायत), खिलध्वज थापा, लोकदीप थापा, राधा बुढाथोकी, दिलीप थापामगर, उदय जिएम, हर्क आलेमगर, खेम सारुमगर, खेम बुढामगर, मौसम रोकामगर संघको सल्लाहाकारमा भएका छन् । त्यसैगरी गिरि श्रीसमगर, तिलक पुनमगर, दुत पुनमगर (बेलायत), जेवि पुनमगर (हङकङ), धनबहादुर मगर, उमा मगर, प्रदीप थापामगर (अमेरिका), बालकृष्ण काउछामगर, सुरेन्द्र थापामगर र भरत जर्घामगरलाई पनि संघले सल्लाहाकारमा राखेको छ । संघको बैठकले अनुशासन समितिको संयोजकमा उदय जिएम र लेखा समिति संयोजकमा सन्त गाहामगरलाई चयन गरेको महासचिव पचभैयाले जानकारी दिए । त्यसैगरी बैठकले संघको तदर्थ समिति गठन भईसकेका जिल्लाहरुमा आगामी ३ महिनाभित्र अधिवेशन गरी नयाँ कार्यसमिति चयन गर्ने र तदर्थ समिति नभएका जिल्लाहरुमा तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले मगर पत्रकारहरुलाई पुरस्कृत गर्न, क्षमता अभिवृद्धि गर्न र उपचारका लागि ‘मगर पत्रकार अक्षय कोष’ स्थापना गर्ने निर्णय गरेको पनि महासचिव पचभैयाले जानकारी दिए । संघका अध्यक्ष मनोज घर्तीमगरको अध्यक्षमा बसेको बैठकले संघले स्थापना गर्ने कोषमा सहयोग गर्न सबै पक्षलाई आग्रहसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण