बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

जब महिलाको पाठेघरबाट १ किलो ८ सय ग्रामको ट्युमर निस्कियो

बुधबार, ०५ जेठ २०७३, १७ : १२
बुधबार, ०५ जेठ २०७३
बर्दिबास–महोत्तरीको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा एक महिलाको पाठेघरबाट एक किलो आठसय ग्रामको ट्युमर (मासुको डल्लो) सफलतापूर्वक शल्यक्रिया गरी निकालिएको छ । धनुषाको हरिहरपुर ७ निवासी ६२ वर्षिया कमलीदेवीको पाठेघरमा रहेको एक किलो आठसय ग्रामको ट्युमर (मासुको डल्लो) निकालिएको हो । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. बृजमोहन कुमार रजक , डा. ऋषीराज साह सहितको चिकित्सकले सफलतापूर्वक शल्यक्रिया गरी निकालेका हुन् । चिकित्सकहरुको टोलीले डेढ घण्टा लगाएर पाठेघरमा रहेको ट्युमर निकालेको हस्पिटलले जनाएको छ । शल्यक्रियापछि कमलीदेवी स्वस्थ्य रहेको अस्पतालले स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप