बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

छुरी हानेर मान्छे मार्न खोज्ने १४ बर्षपछि प्रहरी फन्दामा

बुधबार, ०५ जेठ २०७३, १५ : २५
बुधबार, ०५ जेठ २०७३

काठमाडौं–धनुषा धारापानी स्थायी घर भएका विनोद शाह तेलीलाई पेटमा छुरा हानेर मरणासन्न अवस्थामा पुर्याएर फरार भएका काठमाडौंका कृष्णराम वुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । बुढाथोकीले ०५९ फागुन १ गते राती करिब दश बजे ललितपुरको कुपण्डोलस्थित हनुमान थान अगाडी बागमती पुल नजिकै तेलीमाथि छुरा प्रहार गरेका थिए ।

मनोज शाह तेलीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कृष्णराम बुढाथोकी भएको ज्यानमार्ने उद्योग मुद्धामा ललितपुर जिल्ला अदालतले कृष्णराम बुढाथोकीलाई पाँच बर्ष कैद सजाय हुने फैशला गरेको थियो । ०७० असार २७ गते ललितपुर जिल्ला अदालतले यस्तो फैसला गरेसँगै वुढाथोकी फरार भएका थिए ।

१४ बर्षसम्म फरार रहेका बुढाथोकीलाई बुधवार कलंकीबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ । जिल्ला अदालत ललितपुरको फैसला कार्यान्वयनको लागी बुढाथोकीलाई नख्खु कारागार पठाईएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप