परवलमा रङ दलेर बेच्ने तीनजना भारतीय पक्राउ
नेपालगन्ज - नेपालगन्जस्थित थोक तरकारी बजारवाट अखाद्य रङ दलेर बिक्री गर्न राखिएको चार बोरा परवलसहित तीनजना भारतीयलाई प्रहरीले आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बासी परवललाई हरियो रङ दलेर बिक्री गर्ने गिरोहमध्येका भारतीय नागरिक लाकराम सोनकर, कृपाराम सोनकर र लखीराम सोनकरलाई पक्राउ गरिएको हो ।
बाँकेको सीमापारी भारतीय बजार रुपैडिया थोक तरकारी बजारबाट बिक्री नभएर पहेलो हुन लागेको बासी परवल सस्तोमा किनेर नेपालगन्ज तरकारी थोक बजारमा रङ दलेर लामो समयदेखि बिक्री गर्ने गिरोह नै यहाँ सक्रिय रहेको रहस्यसमेत खुलेको छ ।
नेपालगन्जस्थित थोक तरकारी बजारबाट खुद्रा तरकारी व्यवसायीले र अत्यधिक ग्राहकले तरकारी किन्ने गरेको र यस्तो अखाद्य तरकारी सेवनवाट क्यान्सर जस्तो रोग लाग्नुका साथै कलेजो र मृगौलामा समस्या आउने क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख बिमल दाहाल बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण