१० महिनामै सेनाले बनायो सडक, प्रधानसेनापति भन्छन्, ‘दिएको जिम्मेवारी पूरा गर्छौं’
बागलुङ - नेपाली सेनाका सेनापति राजेन्द्र क्षत्रीले सरकारले दिएको जुनसुकै जिम्मेवारीलाई दृढतापूर्वक पूरा गर्ने बताएका छन् ।
राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत बागलुङ–मालढुङ्गादेखि टाकुरीसम्मको १४ किमी सडकको आज उद्घाटन गर्दै उनले देश विकासका लागि सेनाले सशक्त भूमिका खेल्ने उल्लेख गरे ।
“सम्बन्धित निकायले दिएको जिम्मेवारी पूरा गर्न नेपाली सेना सधैँ कटिबद्ध छ,” प्रधानसेनापति क्षत्रीले भने – “हामीसँग दक्ष जनशक्ति, स्रोतसाधन र काम गर्ने कटिबद्धता छ ।”
उनले कालिगण्डकी करिडोरमात्रै नभएर देशका अन्य विकास निर्माणका काममा नेपाली सेना खटिएको बताए । सामरिक हिसाबले महत्वपूर्ण, अन्य निकायले नसक्ने र कठिन क्षेत्रमा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिनसमेत उनले आग्रह गरे ।
“हामीलाई नेपाल सरकार र सम्बन्धित निकायको विश्वासको खाँचो छ, हामी जस्तोसुकै दायित्व निर्वाह गर्न तयार छौँ,” क्षत्रीले भने – “देश विकासको काममा लाग्न पाउँदा हामीलाई गौरवको अनुभूति भइरहेको छ ।”
सेनापति क्षत्रीले सम्बन्धित निकाय र सर्वसाधारण नागरिकले नेपाली सेनाप्रति देखाएको विश्वास र प्रेमको प्रशंसा गरे । उनले नेपालको उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोेटो दूरीको कालिगण्डकी करिडोर रणनीतिक र सामरिक हिसाबले पनि महत्वपूर्ण रहेको बताए ।
“कालिगण्डकी करिडोर आर्थिक, सामाजिक, राजनीतिक हिसाबले पनि महत्वपूर्ण छ,” उनले भने – “नेपाली सेनाको अध्ययनमा यो करिडोर सामरिक र रणनीतिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ ।”
विकास समितिका सभापति रवीन्द्र अधिकारीले सेनाले एक वर्षको समयावधिभन्दा पहिल्यै १० महिनामै मालढुङ्गा–टाकुरी खण्ड पूरा गरेकामा प्रशंसा गरे । सभापति अधिकारीले रणनीतिक महत्वका र कठिन क्षेत्रमा सेनालाई सडक निर्माणको जिम्मा दिइनुपर्ने बताए ।
अधिकारीले भने – “विकास समितिकातर्फबाट सेनालाई पूर्वाधार विकासको क्षेत्रमा लगाउने विषयमा पूर्ण सहयोग रहेनछ । हामीले बजेट अभाव हुन दिने छैनौँ ।”
मार्ग खोल्न बाँकी उक्त खण्डको निर्माण जिम्मा पनि सरकारले नेपाली सेनालाई दिएको छ । सेनाले यसअघि गुल्मी खण्डको ४२ किमी र म्याग्दी–मुस्ताङ खण्डको समेत काम सम्पन्न गरेको थियो ।
टाकुरी–पालुङखोला २२ किमी सडकको मार्ग खोल्ने काम पूरा भए नेपाल–भारत सीमा सुनौलीदेखि चीनसँगको नाका मुस्ताङको कोरलासँग सिधा ३५३ किमी सडक पूरा हुने जनाइएको छ । समयमै बजेट निकासा भए आगामी वर्षभित्र उक्त खण्ड पूरा हुने नेपाली सेनाको कालिगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख इञ्जिनियर रेश्मीराज भट्टराईले बताउनुभयो । करिडोरको बागलुङ–मालढुङ्गादेखि–टाकुरीसम्मको सडकमा आजदेखि नै सार्वजनिक यातायात सञ्चालन भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण