बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

निर्दोषलाई थुनेको समाचारप्रति सर्वोच्चको आपत्ति, भन्यो, ‘आईन्दा यस्तो नलेख्नु’

बुधबार, ०५ जेठ २०७३, १८ : ३९
बुधबार, ०५ जेठ २०७३

काठमाडौं– कान्तिपुर दैनिकले गत गत जेठ १ गते प्रकाशन गरेको ‘शंकाको भरमा २० बर्ष जेल’ शीर्षकको समाचारलाई सर्वोच्च अदालतले खण्डन गरेको छ ।

अदालतबाट कसैलाई पनि शंकाको भरमा दोषि ठहर नहुने उल्लेख गर्दै सर्वोच्चले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अदालतबाट मुद्धाको मिसिल संलग्न तथ्यं एवम् संविधान र कानुन बमोजिम कारवाही र निर्णय हुने गरेको सर्वविदीतै छ ।’

सर्वोच्चले न्यायिक कार्यको संवेदनशिलता नबुझी, सुनि सुनाएको भरमा तथ्य यकिन नगरी अदालतमा विचाराधिन मुद्दालाई प्रभाव पार्नेगरी र न्यायपालिकाको जनआस्थामा अघात पुर्याउने र भ्रम सिर्जना गर्नेगरी प्रकाशीत समाचारको संज्ञा दिँदै सर्वोच्चको विज्ञप्तीमा भनिएको छ, ‘अब आईन्दा अदालतमा विचाराधिन मुद्दामा प्रभाव पर्नेगरी समाचार, लेख प्रकाशित नगर्न सम्बन्धित सवैमा अदालत आग्रह गर्दछ ।’

खोज पत्रकारीता केन्द्रले तयार पारेको ‘शंकाको भरमा २० बर्ष जेल’ शिर्षकको समाचारमा अनाहमा निर्दोषहरु बर्षौं थुनिएको उदाहरण प्रस्तुत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप