ओलीको अहंकारले देश विखण्डतरि जाँदैछ : उपेन्द्र
काठमाडौं – संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले शासकवर्गको अहंकारको कारण देश विखण्डतिर लम्किरहेको चेतावनी दिएका छन् । गठबन्धनले राजधानीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै यादवले भारत, पाकिस्तान र सोभियत संघ शासककै अहंकारका कारण टुक्रिएको उदाहरणदिँदै नेपाल पनि त्यही पथमा अघि बढिरहेको बताए ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवले भने, ‘भारतीय शासकको अहंकार कारण देश टुक्रिएर पाकिस्तान बन्यो, पाकिस्तानका शासकको अहंकारको कारण बंगलादेश बन्यो, सोभियत संघ पनि त्यही कारणले टुक्रा टुक्रा बन्यो ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण देशमा ठूलो दुर्घटना हुने चेतावनीसमेत दिए । ‘केपी ओलीको अंहकारको कारण देशले ठूलो मूल्य चुकाउनुपर्नेछ । उनले अहिले सत्ताको अहंकार देखाइरहेका छन्,’ यादवले भने ।
सत्ताकै लागि सुपर फास्ट ट्रयाकमा संविधान बनाएको र अहिले त्यही सत्ताको आडमा अंहकार देखाइराखेको उनले बताए । ‘प्रचण्डलाई सत्ता, सुशील कोइरालालाई राष्ट्रपति, ओलीलाई प्रधानमन्त्री बन्न थियो । त्यही भएर फास्ट ट्रयाकमा संविधान ल्याइयो,’ उनले अरोप लगाए ।
निकै आक्रमक रुपमा प्रस्तुत भएका यादवले महाभारतको उदाहरण दिँदै पाँच पाण्डवले मात्र पाँचवटा गाउँ माग्दा त्यो नदिँदा ठूलो युद्ध भएको स्मरण समेत गराए ।
उनले नेपालको इतिहासमा नै पहिलो पटक सबै उत्पीडित समूदाय एकजुट भएर लामो समयदेखि आन्दोलन गर्दा पनि सरकारले वेवास्ता गरेकोमा दुःख व्यक्त गरे ।
तर, यसरी वेवास्ता गरिरहे ठूलो विद्रोह हुने उनले चेतावनी दिए । ‘हामीले सकेनौं तर आगामी पुस्ताले अवश्य त्यो गर्नेछ ।’
सरकारले वार्ताको लागि पठाएको पत्रबारे टिप्पणी गर्दै उनले संविधान पुनर्लेखनको सुनिश्चितता नभएसम्म वार्तामा नबस्ने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण