युरोपा लिगको ‘बादशाह’ सामु लिभरपुलको चुनौती
काठमाडौं – सेभियाबिरुद्ध युरोपा लिगको फाइनलमा प्रस्तिपर्धा गर्दा लिभरपुलको आकांक्षा ११ वर्षपछि फेरि पहिलो पटक युरोपको प्रमुख प्रतियोगिता जित्नु हुनेछ । यसअघि लिभरपुलले सन् २००५ मा ३–० ले पछि परेको स्थिती उल्ट्याउँदै च्याम्पियन्स लिग जितेको थियो । च्याम्पियन्स लिगपछि युरोपको दोस्रो ठूलो क्लब प्रतियोगिताका रुपमा युरोपा लिगलाई लिइन्छ । स्विजरल्याण्डको बासेलमा हुने प्रतियोगिता लिभरपुलका लागि जति महत्वको छ, लगातार दुईपल्ट उपाधि उचालिसकेको सेभियाका लागि पनि उत्तिकै महत्वको छ । यस फाइनल जित्न सके सेभिया लगातार तीनपटक युरोपा कप जित्ने इतिहासकै पहिलो टोली हुनेछ ।
सेभियाले सातौं स्थानमा रहेर स्पेनिस ला–लिगा टुंग्याएको छ । उपाधी विजेता बार्सीलोनाभन्दा सेभिया ला–लिगामा ३९ अंकले पछि छ । तर युरोपा लिगमा यो टोलीको इतिहास भिन्दै छ । सेभियाले सन् २००६ र २००७ तथा सन् २०१४ र सन् २०१५ मा यो उपाधी उचालिसकेको छ । लिभरपुलले २००५ मा च्याम्पिन्यस लिग जितेपछि कुनै पनि युरोपेली उपाधि जित्न सकेको छैन् । त्यसयता सेभियाले भने ४ पटक यो उपाधि जित्यो र अहिले पाँचौ उपाधीको खोजीमा छ ।
युरोपा लिगको बादशाह
यसअघि सन् २०१५ मा युरोपा लिग जितेका कारण यस सिजन सेभियाले च्याम्पियन्स लिग खेल्ने मौका पाएको थियो । गत वर्ष युक्रेनको डिन्प्रोलाई ३–२ ले हराएको सेभिया यसपटक लिभरपुललाई हराउने दाउमा छ । सेभियाले पछिल्ला ९ वर्षमा युरोपा लिगमा ४ उपाधी जित्यो र यसपटक पाँचौ उपाधी जित्ने कसरतमा छ । ‘सेभियासँग आबद्ध सबैले यो प्रतियोगितालाई महत्वका साथ हेर्छन् र मलाई पनि यो प्रतियोगिता महत्वपूर्ण लाग्छ,’– प्रशिक्षक युनाई इमेरीले भनेका छन् । सन् २००६ मा पहिलो पटक युरोपा लिग जितेयता सेभियाले दुईपटक स्पेनिस कोपा डेल रे समेत जितिसकेको छ । यसपटक पनि सेभिया स्पेनिस कोपाको फाइनलमा पुगेको छ र फाइनलमा २२ मेइमा उसले बार्सीलोनाको सामना गर्नेछ ।
सेभियाको सफलतालाई यसकारण पनि आश्चर्यका रुपमा लिन सकिन्न किनकी सेभियामा पछिल्लो देश केही राम्रा खेलाडी भित्र्एिका छन् । अहिले बार्सीलोनामा रहेका डेनी अल्भास र इभान राकिटिकले कुनै समय सेभियालाई युरोपा लि ग जिताउन भूमिका खेलेका थिए । त्यस्तै लुईस फाबियानोले सन् २००५ देखि २०११ सम्म सेभियाबाट खेले । फ्रेडरिक कानोउट, अल्भारो नेग्रेडो, कार्लोस बाका लगायतका खेलाडीले पनि सेभियालाई यो सफलता दिलाउन भूमिका खेले ।
खतरनाक स्ट्राइकर
गत जिन कार्लोस बाका विपक्षीहरुका लागि टाउको दुखाईको विषय हुन्थे । तर २९ वर्षका कोलम्बियाली खेलाडी अहिले एसी मिलान गइसकेका छन् । अहिले केभिन जेमिरो यस क्लबका खतरनाक स्ट्राइकर हुन् । सेभियाले युरोपा लिगमा गरेका १४ गोलमध्ये जेमिरोको नाममा ७ गोल छ । २९ वर्षिय फ्रान्सेली खेलाडीले सेभिया आएकै वर्ष ला–लिगामा १५ गोल गरे भने यस सिजन २४ गोल गरेका छन् । उनको गोल स्कोरिङ क्षमता अचम्मकै छ । तर उनलाई टोलीका अन्य खेलाडीबाट साथ मिल्छ या मिल्दैन भन्ने कुराले पनि सेभियाको सफलतामा भूमिका खेल्छ । उनीमाथि यस सिजन बार्सीलोनाले आँखा लगाइरहेको छ ।
प्रशिक्षक
युनाई इमेरी निकै सफल प्रशिक्षक हुन् । तर उनले दिलाएको सफलताको चर्चा कमै हुन्छ । उनले कुनै समय कम लगानी गर्ने भ्यालेन्सियालाई ला–लिगामा लगातार तीन वर्ष तेस्रो स्थान दिलाए । सन् २०१२ मा उनले भ्यालेन्सिया छाडेपछि यो क्लबले त्यही स्थानमा रहेर लिग टंूग्याउन सकेको छैन् । ४४ वर्षका इमेरीले भ्यालेन्सिया छाडेपछि केही समय रुसी क्लब स्पारटक मस्कोलाई प्रशिक्षण दिए । त्यसपछि उनी सेभिया आएका हुन् । उनलाई गत सिजन एसी मिलानले बोलाएको थियो । तर उनले मिलानको प्रस्ताव अस्विकार गरे । भ्यालेन्सियामा छदाँ उनले डेभिड सिल्भा र जुआन माटाजस्ता खेलाडीलाई उत्कृष्ट बनाउन भूमिका खेले ।
ठूला खेलमा उत्कृष्ट
सेभियाले यस सिजन स्पेनिस ला–लिगामा राम्रो खेल्न सकेन । तर ठूला टिमविरुद्ध उसको प्रदर्शन भने लोभलाग्दो थियो । साना क्लबहरुसँग पराजित भएर तल्लो स्थानमै खुम्चिएको सेभियाले ला–लिगामा आफ्नो घरेलु मैदानमा बार्सीलोना र रियाल म्याड्रिडलाई हरायो । त्यस्तै च्याम्पियन्स लिगको समूह चरणमा सेभियाले घरमै युभेन्टस्लाई समेत हराएको थियो । उसले फाइनलसम्मको यात्रा गर्ने क्रममा एथलेटिको बिल्बाओ र शाख्तर डोनेटस्कमाथि जीत निकाल्यो ।
लिभरपुलले सेभिया विरुद्ध मैदानमा उत्रदाँ घरबाहिर सेभिया कमजोर रहेको अवस्थाको फाइदा उठाने विश्वास राखेको छ किनकी युरोपा लिगको फाइनल स्विजरल्याण्डमा हुनेछ र यस सिजन घरेलु मैदान बाहिर सेभियाको प्रदर्शन राम्रो छैन् ।
बलियो मिडफिल्ड
सेभियाको मिडफिल्ड बलियो मानिएको छ । अर्जेन्टिनी खेलाडी इभर बेनिगा दुई वर्षयता सेभियामा छन् । त्यस्तै जोसे एन्टोनियो रियस, भिटोलो र भिसेन्टी इवोरा सेभियाका लागि महत्वपूर्ण हतियार हुनेछन् । सेभियासँग अर्का महत्वपूर्ण खेलाडी समेत छन् । युक्रेनका र यिभेन कोनोप्लाईआन्का प्राय वैकल्पि खेलाडीका रुपमा मैदान छिर्छन् । तर उनले संकटको समयमा टोलीको उद्धार गर्नका लागि दबाबरहित ढंगबाट खेल्ने विशेषता बोक्छन् ।
लिभरपुलको बलियो पाटो
बार्यन म्युनिखको दबदबा चिर्दै बोरुसिया डर्टमुन्डलाई जर्मन बुन्डेसलिगा जिताएका जर्जेन क्लप अहिले लिभरपुलका प्रशिक्षक छन् । राफाल बेनिटेजले क्लब छाडेयता लिभरपुल पहिलो पटक क्लपको प्रशिक्षणमा युरोपकै उत्कृष्ट टोली बन्ने संघारमा छ । क्लपको आँखा पनि आगामी सिजनको च्याम्पियन्स लिगमा छ । यस सिजन लिभरपुलले आठौ स्थानमै रहेर इंग्लिस प्रिमियर लिग टुँग्यायो । त्यसैले च्याम्पियन्स लिगमा छनोट हुनका लागि लिभरपुलसँग युरोपा लिग जित्नुको विकल्प छैन् । यदी, युरोपा लिगको फाइनलमा पराजित भयो भने लिभरपुलले अर्को सिजन कुनै पनि युरोपेली प्रतियोगिता खेल्न पाउने छैन ।
गत अक्टोबरमा ब्रेन्डन रोजर्स बर्खास्तीमा परेपछि लिभरपुल आएका क्लपको उद्देश्य पहिलो वर्षमै लिभरपुललाई उपाधी जिताउने छ । ‘टोलीमा संभावना बोकेका थुप्रै खेलाडी देखेरै म यहाँ आएको थिएँ । मानिसहरुलाई शंका लाग्नसक्छ । तर म यसलाई चिर्दै जान्छु । म दबाब होइन अवसर मात्रै देख्छु ।’– फाइनलअघि क्लपले भनेका छन् ।
सन् २००७ मा एसी मिलानसँग च्याम्पियन्स लिगमा पराजित भएपछि लिभरपुल पहिलो पटक कुनै पनि युरोपेली प्रतियोगिताको फाइनलमा पुगेको हो । रोचक कुरा, सेभियासँग लिभरपुलले अहिलेसम्म कुनै पनि खेल खेलेको छैन् ।
लिभरपुलका कप्तान जोर्डन हन्डरसन झन्डै एक महिनापछि फेरि मैदानमा उत्रदैँछन् । त्यस्तै स्ट्राइकर डिभोक ओरिजी पनि चोटमुक्त भइसकेका छन् । प्रतिबन्धका कारण डिफेन्डर मामाडु शाखो भने फाइनलमा उपलब्ध हुनेछैन् । एडम लालाना र डेनियल स्टुआरेजका कारण पनि निकै उत्साहित देखिएको लिभरपुलसँग पछिल्लो समय विश्वस्तरीय मिडफिल्डर फिलिपो काउटिन्हो पनि छन् ।
२३ वर्षका ब्राजिलियन काउटिन्होले सन् २०१३ मा इन्टर मिलानबाट लिभरपुल आएपछि आफ्नो वास्तविक खेल देखाउँदै आएका छन् । स्टेफेन जेरार्डको विदाईपछि उनको ठाउँ लिएका काउटिन्होले उस्तै खेल खेल्दै जरार्डको उत्तराधिकारीका रुपमा आफ्नो परिचय दिएका छन् । उनी सुन्दर पास दिन जति माहिर छन् । उत्तिकै आक्रामक ढंगबाट गोल गर्न पनि । पहिलो युरोपेली उपाधीको खोजीमा रहेका काउटिन्हो यसपटक ठूला क्लबहरु विरुद्ध लिभरपुललाई जीत दिलाउन महत्वपूर्ण साबित हुदैँ आएका छन् ।
एजेन्सीको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण