बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रहरीद्वारा ७ सय ८० लिटर अवैध मदिरा नष्ट

बुधबार, ०५ जेठ २०७३, १५ : ०३
बुधबार, ०५ जेठ २०७३

ओखलढुंगा – जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले गाउँघरमा अबैध रुपमा उत्पादन गरिने घरेलु मदिरा नष्ट गर्ने अभियान संचालन गरेको छ । जस अन्तरगत बुधबार जिल्ला प्रहरी कार्यलय सहित मातहतका सबै प्रहरी ईकाईहरुबाट करिब ७ सय ५० लिटर घरेलु मदिरा नष्ट गरिएको हो ।

जसमा घरेलु मदिरा बनाउन प्रयोग गरिने २ बोरा मर्चा र ३० लिटर जाँड पनि नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरिक्षक दीपेन्द्र शाहाको नेतृत्वमा ओखलढुंगा बजारसहित जिल्लाका बिभिन्न स्थानका होटल तथा पसलहरुमा छापा मारी सो परिणामको मदिरा बरामद गरिएको हो ।

अनुगमनका क्रममा बरामद गरिएको मदिरा बुधबार जिल्ला प्रहरी कार्यलय छेउको चौरमा नष्ट गरिएको छ । मदिरा जिल्ला प्रहरी कार्यलय,जिल्ला प्रशासन कार्यलय,कोष तथा लेखा नियन्त्रण कार्यलय,घरेलु तथा साना उद्योग विकास समिति, स्थानिय जिल्ला आमा समुह सञ्जालका प्रतिनिध,अन्तरपार्टि महिला संजाल,स्थानिय बुद्धिजिबि तथा सञ्चारकर्मिहरुको रोहबरमा नष्ट गरिएको हो ।

जिल्लामा घट्ने कतिपय अपराधिक घटनाहरु मादक पदार्थ सेवनका कारण हुने र मादक पदार्थ सेवनको दुर्वसनि समेत पछिल्लो समय बढ्दै गएकाले अबैद रुपमा घरेलु मदिरा उत्पादन तथा बेचबिखन कार्य नियन्त्रण गर्न यो अभियान चलाईएको प्रमुख प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहाले बताए ।

मदिरा नियन्त्रण अभियान अभियनलाई सफल परी ओखलढुंगा जिल्लालाई मदिरा मुक्त जिल्ला बनाउनु पर्नेमा सरोकावालाहरुको जोड छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप