स्थानीय निकायको निर्वाचन मङ्सिरमा हुनेमा शङ्का नगर्न आग्रह
बुधबार, ०५ जेठ २०७३, १५ : ०७
काठमाडौँ - उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय निकायको निर्वाचन मङ्सिरमा हुनेमा आशङ्का नगर्न आग्रह गरेका छन् ।
पार्टीले केन्द्रीय कार्यालयमा आज पदाधिकारी तथा केन्द्रीयस्तरका नेतासँग आयोजना गरेको अन्तक्र्रियामा उनले संविधानबमोजिम स्थानीय निर्वाचनको व्यवस्था भएको र सत्तारुढ दलका साथै अधिकांश दल निर्वाचनको पक्षमा रहेकाले सरकारले त्यसलाई प्राथमिकतामा राखेको बताए ।
राप्रपा नेपालका अध्यक्ष थापाले जनताको सेवालाई केन्द्रमा राखेर चुनावको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिँदै पार्टीले सरकारमा रही देशको राष्ट्रियता बलियो बनाउन तथा जनताको पक्षमा कार्य गरेको चर्चा गरे ।
पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले पार्टीले लिएको सिद्धान्तले नै जनताको माझमा पार्टी लोकप्रिय भइरहेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण