बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘उखान टुक्का बन्द गर’ भन्दै सडकमा उत्रिए विद्यार्थी (फोटोफिचर)

बिहीबार, ०६ जेठ २०७३, १७ : १६
बिहीबार, ०६ जेठ २०७३

काठमाडौं– मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नै पानी जहाज किनेर चलाउन घोषणा गरे ।

यसअघि पनि ओलीले घर–घरमा पाइपलाइनबाट ग्यास पुर्याउने, हावाबाट विजुरी निकाल्ने जस्ता अभिव्यक्ति दिए । यही बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघलेसरकार असफल भएको भन्दै कडा आलोचना गरेको छ । उनीहरुले बिहिबार राजधानीमा विरोध जुलुस निकाल्दै उखान टुक्काको भरमा देश चल्न नसक्ने भन्दै ‘उखान टुक्का बन्द गर’ भन्दै चर्का नारा लगाए । ओली सकारकै संरक्षणमा महंगी तथा कालोबजारी बढिरहेको भन्दै उनीहरुले त्यसविरुद्व खबरदारी गरेका थिए । प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्कमा पुगेर सभामा परिणत भएको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप