बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेञ्चुरी बैंकले ३० % हकप्रद शेयर निष्काशन गर्ने

बिहीबार, ०६ जेठ २०७३, १६ : ३७
बिहीबार, ०६ जेठ २०७३

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले निष्काशन गर्ने ३० %  हकप्रद शेयरको लागी बिक्री प्रबन्धकको रुपमा कार्य गर्न सिभिल क्यापिटलसँग सम्झौता गरेको छ ।

नेपाल धितोपत्र बोर्डले हालै जारी गरेको नयाँ निर्देशन अनुसार बैंकले इक्रा रेटिङ्ग नगरी हकप्रद शेयर निष्काशन गर्न सक्ने भएकोले हकप्रद शेयर निष्काशन गर्न चाँडै नै धितो पत्र बोर्डमा विवरणपत्र दर्ता गर्ने तयारी गरेको छ । धितोपत्र बोर्ड तथा नियमन निकायबाट स्वीकृति प्राप्त भएमा २०७३ आषाढ मसान्त भित्रमा नै हकप्रद शेयरको लागी आवेदन लिने व्यवस्था बैंकले गर्दैछ ।

आ.व. २०७२/७३ को चैत्र मसान्त सम्म यस बैंकले कुल निक्षेप रु. २६.०१ अर्व र कर्जा रकम रु. २२.८३ अर्व परिचालन गरी रु. ३४.५० करोड सञ्चालन मुनाफा र रु. २३.२४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २८ वटा ए.टी.एम्, ८ वटा शाखारहित बैंकिङ्ग र दुईटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

अन्य जानकारीका लागी बैंकको वेबसाइट तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप