बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी हुन् दाइजो नपाएको निहुँमा विवाह भाँड्ने बेहुलाका बुवा

बिहीबार, ०६ जेठ २०७३, २० : ४२
बिहीबार, ०६ जेठ २०७३

वीरगन्ज – दाइजोमा जग्गा नपाएको निहुमा विहे नै भाँडेर फरार भएका बेहुलाका बुबालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको महुवन गविस वडा नम्बर ३ का गणेश साहलाइ प्रहरीले बुधबार पक्राउ गरेको हो । उनलाइ नारायणी उपक्षेत्रीय अस्पताल अगाडिबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए ।

फरार रहेका गणेश उपचारका लागि अस्पतालमा आएको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले उनलाइ पक्रेको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए ।

बेहुला हरि शंकर साह भने फरार नै रहेको र प्रहरीले उनको खोजी गरिरहेको भन्दै प्रहरी उपरिक्षक श्रेष्ठले भने ,‘ उ जहा लुकेर बसेको भएपनि छिट्टै पक्राउ पर्छ । पक्राउ परेका बेहुलाका बुबा गणेश विरुद्ध सामाजिक व्यवहार सुधार ऐन २०३३ अन्तर्गत मुद्धा दर्ता गरेर आवश्यक कार्वाही प्रकृया अगाडि बढाइएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए ।

पर्सा जिल्लामा दाइजोको विरुद्ध सामाजिक व्यवहार सुधार ऐन २०३३ अन्तर्गत मुद्धा दर्ता गरिएको सम्भवत पहिलो घटना भएको जिल्ल प्रहरी कार्यालय पर्सा श्रोतले जनाएको छ ।

महिला हिंसा ,दाइजो , बालविवाह जस्ता सामाजिक कुरुतीहरु रोक्नका लागि पर्सा प्रहरी गम्भिरताका साथ अगाडि बढेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । पर्साकै लखनपुर गाविस वडा नम्बर ४ घर भएकी बेहुली सुनिताका बुबा मथुरा साहले मङगलवार जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको उजुरीको आधारमा प्रहरीले बुधबार बेहुलाका बुबा गणेशलाइ पक्रेको हो । बेहुली पक्षको उजुरी परेलगत्तै बेहुला हरिशंकर र उनका बुबा गणेश दुवै जना फरार भएका थिए ।

जग्गामा दाइजो नपाको निहुमै विहे भाडेर धोखाधडी गरेको भन्दै बेहुलीका बुबा मथुराले बेहुला र उनका बुबा दुवै जना विरुद्ध कार्वाहीको माग गर्दै मङगलवार जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए । मथुराकी छोरी सुनिता साहको विहे गणेशका छोरा हरिशंकरसंग बैशाख १७ गते हुने तय भएको थियो । तर दाइजोमा खेत नपाएको निहुमा बेहुला पक्षले जन्ती लिएर नगएपछि सुनिता र हरिशंकरको विहे नै भाँडिएको थियो । बेहुली पक्षले बेहुला पक्षलाइ दाइजोमा नगद ५० हजार रुपैया र नम्बरी तीन कठ्ठा जग्गा दिने शर्तमा सुनिता र हरिशंकरको विहे बैशाख १७ गते हुने तय भएको थियो ।

दाइजोमा कबुल गरिएको अनुसार बेहुली सुनिताका बुबा मथुराले बेहुला हरिशंकरका बुबा गणेशलाइ नगद ५० हजार रुपैया विहेको दिन भन्दा एक हप्ता पहिले नै बुझाइसकेका थिए । नम्बरी जग्गा बैंकमा धितो राखिएका कारण मथुराले आफनो नाममा मोही रहेको पाँच कठ्ठा १० धुर जग्गा दाइजोमा दिदा पनि बेहुलाका बुबा गणेशले आफुलाइ नम्बरी जग्गा नै चाहिने अडान राखेर बैशाख १७ गते जन्ती लिएर नगएपछि सुनिता र हरिशंकरको विहे भाडिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप