प्रचण्डको नेतृत्वमा बन्यो ६९९ सदस्यीय जम्बो आयोजक समिति
बिहीबार, ०६ जेठ २०७३, १७ : १७
काठमाडौं– प्रचण्डको नेतृत्वमा बनाइएको ‘नेकपा माओवादी केन्द्र’ ले ६९९ सदस्यीय जम्बो महाधिवेशन आयोजक समिति घोषणा गरेको छ । सो आयोजक समितिले यही वर्षभित्र महाधिवेशन गराउने छ ।
बुधबार साँझ बसेको माओवादी एकता समन्वय समितिले ४९९ सदस्यीय आयोजक समिति बनाउने निर्णय गरेको थियो तर आज घोषणा हुने दिन सम्म आइपुग्दा सो संख्या बढेर ६९९ सदस्यीय हुन पुगेको हो। स्रोतका अनुसार प्रतिनिधिका आकांक्षी धेरै भएपनि संख्या बढ्न पुगेको हो । यतिमात्रै नभई नेकपा माओवादीबाट एकता प्रक्रियामा सहभागि भएका मात्रिका यादवले समेत २५ जना आयोजक समितिको माग गरेपछि स्वाभाविक रुपमा प्रचण्ड, बादल, विप्लव र नयाँशक्ति लगायतका पार्टीबाट एकता प्रक्रियामा सहभागि भएकाहरुको संख्या पनि थपिन पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण