माओवादी एकताविरुद्व वैद्य, विप्लव, र ओलीको संयुक्त विज्ञप्ती
बिहीबार, ०६ जेठ २०७३, १८ : ०७
काठमाडौं– विभिन्न माओवादी शक्तिहरुबीच एकीकरण भएको एक घण्टा वित्न नपाउँदै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र हेमन्त प्रकाश वली नेतृत्वको कम्युनिष्ट न्युक्लिअस नेपाल पार्टीले ‘नेकपा माओवादी केन्द्र’ को कडा आलोचना गरेको छ ।
उनीहरुले बिहिबार साँझ एक विज्ञप्ती जारी गर्दै एमाओवादी नेतृत्वमा ‘अवसरवादी घटकहरु’बीच एकता भएको भनै त्यसको कुनै औचित्य नभएको सो देश र जनताको लागि घातक हुने दाबी गरेका छन् ।
‘माओवादी नेतृत्वमा कतिपय अवसरवादी घटकहरुका बीचमा एकताको ठूलो होहल्ला र दक्षिणपन्थी अवसरवादको हावाहुरी चलेको छ’, संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रको स्वाधिनता, जनताको जनतन्त्र तथा जनजीविकाका आधारभूत समस्याहरुको समाधानको निम्ति गरिने आन्दोलन र देश तथा जनताको मुक्तिको निम्ति अत्यन्तै भ्रामक तथा घातक रहेको छ ।
विज्ञप्तीमा एकीकरणलाई दक्षिणपन्थी संशोधनवादीको गठबन्धनको संज्ञासहित यसविरुद्व कडा विचारधारात्मक संघर्ष गर्ने बताइएको छ ।
विज्ञप्तीमा दक्षिणपन्थी हावाहुरी तथा होहल्लाको भ्रममा नपर्न तथा कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारालाई साथ दिन आम कार्यकर्ताहरुसँग अनुरोध समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण