बजेटमार्फत पत्रकारका माग सम्बोधन गरिने छ : सञ्चारमन्त्री राई
काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बजेटमार्फत पत्रकारका अधिकांश माग सम्बोधन गरिने बताएका छन् ।
प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य दिँदै मन्त्री राईले बजेटले पत्रकारका धेरै माग सम्बोधन हुने विश्वास दिलाए । उनले भने – ‘‘आगामी बजेटमा केही नयाँ कुरा ल्याउन लागिएको छ । त्यसबाट तपार्इंहरुको धेरै माग सम्बोधन हुन्छ ।’’
सञ्चारमन्त्री राईले आमसञ्चार नीतिको आन्तरिक मस्यौदा तयार पारिएको समेत जानकारी दिए ।
उनले भने – श्रमजीवी पत्रकार ऐनलाई व्यवहारमा उतार्ने सिलसिलामा सरकार न्यूनतम पारिश्रमिक लागू गर्न अगाडि बढिरहेको छ ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री राईले संविधानको पुनर्लेखनको कुरा डरलाग्दो भएको बताउँदै पुनर्लेखनलाई स्वीकार गर्न नसकिने धारणा राखे ।
उनले मधेसी मोर्चाका मागलाई अधिकतम लचकताका साथ सम्बोधन गर्न सरकार तयार रहेको बताए ।
सञ्चारमन्त्री राईले सरकार नीति तथा कार्यक्रम पारित गरेर मुलुक निर्माणको अभियानमा लागिसकेको बताउँदै भने – ‘‘सरकार मुलुकको निर्माणमा अगाडि बढेको छ । अब पछाडि फर्कंदैन ।’’
उद्घाटन समारोहमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, प्रेस युनियन नेपालका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्य, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मालगायतले शुभकामना मन्तव्य दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको यो महाअधिवेशन शनिबारसम्म चल्नेछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
उद्घाटनसत्रमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापाको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण