बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुप विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

बिहीबार, ०६ जेठ २०७३, १८ : १५
बिहीबार, ०६ जेठ २०७३

कञ्चनपुर– नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वयू कञ्चनपुरका विद्यार्थीले विभिन्न माग अघि सार्दै उपकुलपति र परीक्षा नियन्त्रकको कार्यालयमा आज तालाबन्दी गरेका छन् । शैक्षिक र प्रशासननिक माग अघि सार्दै विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

तालाबन्दी अघि उपकुलपति भूषण श्रेष्ठलाई ज्ञापन बुझाएका विद्यार्थीले नेपाली काँग्रेसको महाधिवेशनताका उहाँले सामाजिक सञ्जालमार्फत एकपक्षको प्रचारप्रसार गरेकामा आपत्ति जनाएका हुन् ।

विश्वविद्यालयको पाठ्यक्रम तथा शैक्षिक निर्देशिका यथाशीघ्र उपलब्ध गराइनुपर्ने, शैक्षिक क्यालेन्डरअनुसार कार्य अगाडि बढाइनुपर्ने, कुनै एउटै सङ्कायमा नियुक्त प्राध्यापकले आफ्नो सङ्कायमा पठनपाठन नगराई प्रक्रियाबिना नै अन्य सङ्कायबाट सेवा सुविधा लिइरहेकाले त्यस्ता कार्य तत्काल रोक्नुपर्ने माग गर्दै तालाबन्दी गरिएको अनेरास्ववियु कञ्चनपुरका सहसचिव नरेन्द्र कार्कीले बताए । “माग पूरा नहँुदासम्म तालाबन्दी जारी रहन्छ”– उनले भने ।

यसैगरी, कञ्चनपुरका चार विद्यार्थी सङ्गठनले पदीय मर्यादा विपरीत कार्य गरेको आरोप लगाउँदै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार द्विजराज भट्टको राजीनामाको माग गर्दै बुधबार विश्वविद्यालयमा तालाबन्दी गरेका थिए ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, एकीकृत नेकपा९माओवादी० निकट अखिल क्रान्तिकारी, नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँमा आबद्ध विद्यार्थीले विश्वविद्यालयमा तालाबन्दी गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप