बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चितुवाको छाला र हड्डीसहित दुई जना अभियुक्त पक्राउ

बिहीबार, ०६ जेठ २०७३, १८ : २०
बिहीबार, ०६ जेठ २०७३

डडेल्धुरा– जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अमरगढी नगरपालिकाको वडा नं. ३ आईत बजारबाट ४ थान चितुवाको छालासहित हड्डी पक्राउ गरेको छ । बिहिवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराको परिसरमा अभियुक्त सहित सार्बजनिक गर्ने कार्यक्रममा बुधवार राती महाभारतको लेकबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेका गाङखेत ७ कुलेडी बस्ने बर्ष ३५ को राम बहादुर थापा मगर र सोही ठाउँका वर्ष २९ को कमल बहादुर रोका मगरलाई अन्दाजी ७ फिट लम्बाई ३ फिट चौडाई का ४ थान छाला र ८ किलोग्राम बराबर काँचो हड्डी बरामद गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक विपिन कर्माचार्यले पत्रकार सम्मेलन गरि सर्वजनिक गरेका हुन् ।

बिशेष सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरो (आरआईटी) र जिप्रका डडेल्धुरा र चोरी शिकारी नियन्त्रण संस्था भारतको संयुक्त टालीले राती १० बजे सदरमुकामबाट ३ किलोमिटरमा टाढा रहेको आईत बजारमा दुवै जनालाई रंगेहात अवैध रहेको बन्यजन्तु आखेटोपहार चिजवस्तु फेला परेपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा थप अनुसन्धानका लागि राखिएको बताईएको छ । वन्यजन्तु ओसार–पोसार अपराध सम्बन्धि काम गर्न नेपाल सरकारको निकाय जिल्ला वन कार्यालय डडेल्धुरा भएपनि प्रहरीले बरामद गरेको अबैध चोरीसिकारी सामान तथा अभियुक्तलाई मिलोमतोमा आवश्यक कारवाही नहुँदा डडेल्धुरा अहिले सुदूरपश्चिमको चोरी निकासी ट्रान्जिट प्वाईन्ट बन्दै गईरहेको पछिल्ला घटनाहरुले पुष्टि गरेको छ ।

हालसालै मात्र डडेल्धुराको भित्रिमधेशमा दुई ठाउँमा बन्यजन्तु चोरी निकासीका क्रममा पक्राउ परेका छन भने डडेल्धुरा अत्यधिक वनजंगल भएको क्षेत्र भएकोले सुरक्षित कारोबारका लागि उपयुक्त रहेको प्रहरीको भनाई छ । बन्यजन्तु शिकार नियन्त्रणमा वनकर्मीको भूमिका महत्वपूर्ण हुनु पर्नेमा वनकर्मीकै मिलोमतोमा चोरी शिकारी तथा निकासीमा प्रसय पार्ईरहेका कारण गहिरो अनुसन्धान भएको छैन र दोषीलाई कारवाही हुन नसक्दा प्रहरीको सक्रियता पनि अर्थ्हिन हुने गरेको पाईएको छ ।

डडेल्धुरा प्रहरीले यसभन्दा पूर्व पनि डडेल्धुरा आलिताल ९का डम्बर बहादुर कार्कीको घरबाट चितुवाको छाला २ थान, हड्डी १६४ र परशुराम नगरपालिका वडा नं. १२ जोगबुढा लालढुंगाका जय बहादुर बोहरा र मान बहादुर महताबाट २ थान छाला तथा ९ केजी हड्डी बरामद गरि जिल्ला वन कार्यालयलाई बुझाएको थियो । भारत–नेपाल हुदै चिन सम्म त्रिदेशिय गैरकानूनी अपराधिक काम अन्र्तगत चिनतर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको उक्त अवैध चितुवाको छाला करिब २० लाख बराबर रहेको प्रारम्भिक अनुमान गरिएको छ भने बन्यजन्तु चोरीशिकारी तथा निकासीमा कस कसको संलग्नता रहेको भन्ने कुरा भने अहिले सम्म खुल्न नसक्दा तस्करहरुले उन्मुक्ति पाईरहेका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप