नेपाललाई शैक्षिक गन्तव्य बनाउन सरकार लागिपरेको छ : शिक्षामन्त्री पोखरेल
काठमाडौं – शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपाललाई शैक्षिक गन्तव्य बनाउन सरकारले पहल सुरु गरिसकेको बताएका छन् । सरकारले थालेको अभियानलाई हिसानले सहयोग गरेको भन्दै प्रशंसा गरे ।
‘नेपाललाई शैक्षिक गन्तव्य बनाउने सरकारको अभियानमा स्वदेशको शैक्षिक संस्थाले सुरुवात गरेको छ । यो अभियानमा सरकारको पनि साथ रहन्छ,’ कान्तिपुर हिसान शैक्षिक एडुफेयरको बिहीबार उद्घाटन गर्दै मन्त्री पोखरेलले भने, ‘स्तरीय शिक्षा स्वदेशमै पाइन्छ भने विदेश किन जाने ?’
शिक्षालाई समाजवादतर्फ जान शिक्षा शक्तिशाली माध्यम भएको उनले बताए । ‘समृद्ध राष्ट्र निर्माण गनै शिक्षा नै पहिलो आधार हो,’ उनले भने, ‘यसको लागि शिक्षा गुणमा आधारित हुनुपर्छ ।’ अनुसन्धानमुलक र प्रविधिमैत्री शिक्षा बनाउन सके नेपाललाई शैक्षिक गन्तब्य बनाउन सकिने उनले बताए ।
अहिले घोकन्ते र प्रमाणपत्र मुखी शिक्षा भएको भन्दै यसलाई सुधार गर्न सबै मिल्नुको विकल्प नभएको मन्त्री पोखरेले बताए ।
एसएलसी र प्लस टु दिएका विद्यार्थीहरु कस्तो कलेज र बिषय पढ्ने भन्ने अन्यौलमा रहेकाले मेलामा आउने विद्यार्थी र अभिभावकहरुले सही जानकारी दिएर बुझाउनु पर्ने उहाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण