बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दाइजोका कारण बिवाह इन्कार गर्ने पक्राउ

बिहीबार, ०६ जेठ २०७३, १८ : ४१
बिहीबार, ०६ जेठ २०७३

पर्सा– दाइजोको कारण विवाह इन्कार गर्ने महुबन गाविस–३ बस्ने ४५ वर्षीय गणेश साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

साहका छोरा २३ वर्षीय गौरीशंकर साह र पर्सा लखनपुर गाविस–४ बस्ने १९ वर्षीया युवतीबीच सामाजिक परम्परा अनुसार गत बैशाख १७ गते बिबाह हुने भनी केटा तथा केटी पक्षको सहमतिमा मिति घोषित भएको थियो ।

केटा पक्षका दुलाहाका बावु साहले दाइजो कम भएको भनी पूर्वघोषित मितिमा विवाह ईन्कार गरी बिबाहको जन्ती नल्याएको भन्ने सूचनाको आधारमा खटि गएको प्रहरीले साहलाई पक्राउ गरेको हो । साहलाई सामाजिक ब्यबहार (सुधार) ऐन २०३३ बमोजिम कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

साथै हाल भागी फरार रहेका उनका छोरा गौरीशंकर साहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप