बंदेलको आक्रमणबाट एक युवक गम्भिर घाइते
रौतहट – रौतहटको उतरीभेग भसेढवा गाविसस्थित जंगली बंदेलको आक्रमणबाट एकजना स्थानीय युवक गम्भिर घाइते भएका छन् । बँदेलको आक्रमणबाट भसेढवा–८ झौआ टोलका भरोस यादवको ३० वर्षीय छोरा गणिलाल यादव गम्भिर घाईते भएका हुन् ।
घाईते यादवको कटहरीयास्थित एकनीजि क्लिनिकमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कटहरीयाका सई उमाशंकर जयसवालले बताएका छन् । आक्रमणबाट यादवको दाहिने तिघ्रालाई धुजा धुजा बनाएको र देब्रे हातको हड्डी भाँच्चिएको प्रहरीले जनाएको छ ।
जिल्लाको उतर पश्चिमी भेग बिजयपुर बजारबाट घर फर्किरहने क्रममा बिहिवार अपरान्ह ३ बजे झौआटोलभन्दा पश्चिम लालबकैया नदी किनारमा दुई वटाको संख्यामा रहेका जंगली बंदेलले गणिलालमाथि एक्कासी आक्रमण गरेको थियो । आक्रमण हेरेर खेतमा काम गरिरहेका ज्यामीहरुले हो–हल्ला मचाएपछि दुईटै बँदेल नदी किनारको काँसघारीतर्फ भागेको थियो ।
पछिलो केही महिनादेखि जंगलबाट दर्जनौंको संख्यामा आएका बँदेलहरु नदी किनारको उँखुघारी र काँसघारीलाई बास स्थलको रुपमा प्रयोग गर्दै आएका छन । दिउँसोभरी लुकेर बस्ने बँदेलहरु राती–राती किसानहरुले लगाएको विभिन्न बाली नष्ट गर्ने गरेको पिडित किसानले बताएका छन् । त्यसैगरी जंगलबाट दर्जनौंको संख्यामा आएका निलगाईंले किसानहरुले लगाएको बाली नाली नष्ट गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण