बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टाटा मोटर्स् कार मेला शुरु

बिहीबार, ०६ जेठ २०७३, १९ : १३
बिहीबार, ०६ जेठ २०७३

इटहरी–सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को आयोजनामा टाटा मोटर्स् कार मेला आजबाट ईटहरीको ओसन पार्कमा शुरु भएको छ ।

मेलाको मुख्य आकर्षणहरुमा फाइनान्स सुविधासहित २.९९ ब्याजदरमा टाटा पेसेन्जर गाडीहरुको आकर्षक रेन्ज, उत्कृष्ट मूल्याङ्ककनसहित बिना झन्झट तुरुन्तै गाडी एक्सचेन्ज अफर सुविधा, हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारहरु, एक्स्चेन्ज लोयल्टी बोनस आदि रहेका छन् ।

साथै उक्त मेला अवधिभर पूर्ण पारिवारिक माहोलमा मनोरञ्जनात्मक कार्यक्रमहरु जस्तै वाटर स्लाइड, स्वीमिङ्गग पुल, रेन डान्स, वेभ पुल, नेल आर्ट, फेस पेन्टिङ्ग बी–बोईङ्ग, हिप हप, फ््ल्यास मोब, फोटो सुट, टेस्ट ड्राइभ, गेम र फुड स्टल लगायत अन्य थुप्रै कार्यक्रमहरु रहेको कुरा कम्पनीले जानकारी गराएको छ ।

टाटा कारका पारखीहरुका लागि लक्षित गरि आयोजना गरिएको उक्त मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको र २ दिनसम्म संचालन हुने उक्त भव्य मेलामा दर्शकहरुको उत्साहजनक सहभागिता रहने कुरामा कम्पनी आशावादी रहेको छ । साथै कम्पनीका प्रतिनिधिहरुले कार्यक्रम बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म संचालन हुने र मेलाको निःशुल्क प्रवेश टिकटका लागि ग्लोबल अटो ट्रेडर्स्, धरान, ईटहरी र विराटनगरमा सम्पर्क गर्नुहुन समस्त ग्राहकहरुमा जानकारी गराएका छन् ।

नेपालको लागि टाटा गाडीहरुको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले विगत लामो समयदेखि टाटा पेसेन्जर गाडीहरुको व्यवसायमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप