एसएलसी दिएर बसेका छात्रछात्रालाई छात्रवृत्ती दिने
काठमाडौं–रिवन इन्टरटेनमेन्टले एसएलसी दिएर बसेका छात्रछात्रालाई उच्च शिक्षा अध्ययनमा पूर्ण छात्रवृत्ती प्रदान गर्दै ‘मिष्टर एण्ड मिस एसएलसी अफ द इयर २०१६’ नामक सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । रिवनले सबै सहभागीलाई छात्रवृत्ती प्रदान गर्दै दोस्रो संस्करणस्वरुप गत वर्षझैँ यस वर्ष पनि ‘मिष्टर एण्ड मिस एसएलसी अफ द इयर’ आयोजना गर्न लागेको हो ।
आयोजक संस्थाका प्रबन्ध निर्देशक निशु झाका अनुसार ‘मिष्टर एण्ड मिस एसएलसी अफ द इयर २०१६’ का सम्पूर्ण सहभागीले आफ्नो रोजाईअनुसार साईन्स, मेनेजमेन्ट र आर्टको ब्रिज कोर्समा पूर्ण छात्रवृति पाउनेछन् भने सम्बन्धित विषयको कलेजमा समेत पूर्ण छात्रवृत्ती पाउनेछन् । झाले सहभागीहरुले आफ्नो इच्छा र रोजाईअनुसार ईड–मार्क एकेडेमी, हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज, पेन्टागन इन्टरनेशनल कलेज, आइडल मोडल हायर सेकेन्डरी स्कूल, क्याम्ब्रीज इन्टरनेशनल कलेज, ब्राइट फ्युचर कलेज, जीएस कलेज, ओमेगा कलेज, मोलिस कलेज, जुबीलेन्ट कलेज र इन्टेनशिभ कलेजबाट छात्रबृत्ती पाउन सक्नेछन् ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि आयुष बुढाथोकी, विवेक श्रेष्ठ, लोमस बहादुर कार्की, नोर्गेन घिसिड, विपिन लामा, प्रविन मोक्तान, अरुण मोक्तान, उसन थापा, सुविन नेपाली, निर्जन महत, सुनिप मानन्धर, बविन सुनुवार, छिरिड शेर्पा, मनिष अधिकारी, अल्पिक पौड्याल, सुसान्त भण्डारी, यमन गुरुङ, पवन रसाइली, अनुषा महर्जन, सृष्टि थापा मगर, रिया हरिजन, ऋषिमा लामा, अद्यैता रेग्मी, निकिता गौतम, अनिता रानामगर, अमिशा तिमिल्सीना, सरिष्मा थापा शाह, नविना लामा मनिका तामा, प्रिन्सा श्रेष्ठ, मनिता पुडासैनी, अनामिका श्रेष्ठ, सायरा घिमिरे, क्युरिसा शाही, अन्जलि लिम्बु, सुष्मिता राई, जोन्स घले, हर्षिका घिमिरे, कजिना श्रेष्ठ, अलिसा अवाल र निहारिका मैनाली गरी १८ किशोर र २३ किशोरीसहित कुल ४१ जनाले स्पर्धा गर्दैछन् ।
प्रतियोगीहरुलाई विभिन्न विषयमा एक महिना लामो प्रशिक्षण प्रदान गरेपछि अन्तिम स्पर्धामा उतारिनेछ । प्रतियोगिहरुलाई कोरियोग्राफर अश्वीनी झाले नयाँ बानेश्वरस्थित होटल रानी महलमा कोरियोग्राफीसम्बन्धी तालिम दिईरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण