बरोकी चप्पल अब नेपालको बजारमा
काठमाडौं–युरोपको बजारमा ख्याति कमाएको इटालीयन डिजाइनको चप्पल बरोकीले अब नेपालको बजारमा पनि प्रवेश गरेको छ । गर्मी तथा वर्षात्को मौसमका लागि अत्यन्त उपयुक्त फेसनेबल चप्पल बरोकी अत्यन्त कडा र उच्च गुणस्तरीय लचकदार रबडबाट बनाइएको छ भने यो विभिन्न आकर्षक स्टाइलहरुमा उपलब्ध छ । धेरै टिक्ने र आरामदायी मानिएको यो चप्पल तपाईंले घर, कार्यालय लगायत अन्य औपचारिक कार्यक्रमहरु एवं पार्टीहरुमा समेत प्रयोग गरेर आफूलाई अरुभन्दा भिन्न देखाउन सक्नेछ ।
हाल हर्ट्स र फ्लोरल डिजाइनजमा उपलब्ध बरोकीको हर्ट्स डिजाइन निलो, हरियो, गुलाबी, रातो र कालो रंगमा तथा फ्लोरल डिजाइन निलो, रातो र कालो रंगमा उपलब्ध छन् । यो चप्पललाई तपाईंले नेपालको अनलाइन बजारमा चिरपरिचित केमु मार्फत् सिधै खरीद गर्न सक्नु हुनेछ । केमुले आफ्ना ग्राहकहरुका लागि यस चप्पलको खरीदमा यही २०७३ जेठ १२ गतेसम्म विशेष छुट योजना पनि संचालन गरेको छ । जस अनुसार बरोकीको हर्ट्स डिजाइन अनलाइन खरीद गर्दा परिचयात्मक मुल्य रु.८०० मा १० प्रतिशत र फ्लोरल डिजाइन अनलाइन खरीद गर्दा परिचयात्मक मुल्य रु.९०० मा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । चप्पल हाल ३६, ३७, ३८, ३९ र ४० नम्बरको साइजमा मात्र पाइन्छ ।
एशिया प्यासिफिक इन्टरनेट समुहद्वारा प्रवद्र्धित केमुले क्रेता र बिक्रेता दुवैका लागि आपसी छलफल गर्ने मन्च उपलब्ध गराउँदछ र स्मार्ट फोनदेखि लिएर कम्प्युटरहरु, कपडाहरु, सामानहरु र घरायसी उपकरणहरु र अन्य धेरै वस्तुहरुका बारेमा यथेष्ट सूचना दिई उत्कृष्ट कारोबारको मौका दिलाउँछ । यही अनलाइन कारोबारको गन्तीमा अब केमुले बरोकी चप्पललाई पनि समावेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण