भन्सार छुटको डिजेल पेट्रोल पम्पमा खन्याउँदा प्रहरी खोरमा
पर्सा – वीरगंज उप–महानगरपालिका–२० स्थित अलौ भन्ने स्थानमा नवनिर्मित सुखा बन्दरगाह इन्टेग्रेटेड चेकपोष्ट निर्माण कार्यको लागि नेपाल सरकारबाट भंसार महसुल सुबिधा जाँच पास गराई डब्ल्यु बी ५३ डी ८४१६ नम्बरको ट्याङ्करद्वारा पैठारी गरिएको १२ हजार लिटर डिजल सम्बन्धित स्थानमा नलगी सोही ठाउँस्थित श्रीराम पेट्रोल पम्पमा लगी खन्याइरहेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्सा बीरगंज उपमहानगरपालिका–२० बस्ने श्रीराम पेट्रोल पम्पका संचालक २९ वर्षीय प्रदीप यादब, भारत झारखण्ड जिल्ला देवघर मधुपर नगरपालिका–१० बस्ने आइसिपीका खरीद ब्यबस्थापक २९ वर्षीय नितिनकुमार डालमिया र बिहार जिल्ला बेगु सराय ग्राम पन्चायत मोसादपुर थाना बरौनी बस्ने ३२ वर्षीय ट्याङ्कर चालक धमेन्द्र साह रहेका छन् ।
उक्त पेट्रोल पम्पमा डिजल खनाएको भन्ने सूचनाको आधारमा खटिई गएको प्रहरीले उनीहरुलाई ट्याङर सहित पक्राउ गरेको थियो ।
उनीहरुलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण