नेपाल–भारत सीमा नाकामा बम बिष्फोट, २ जनाको मृत्यु, ३ जना घाइते
बिहीबार, ०६ जेठ २०७३, १९ : ३६
नवलपरासी–नवलपरासी जिल्ला र भारतको महराजगंज जिल्ला अन्र्तगत सीमा नाका ठुँठीबारीमा बम बिस्फोट हुँदा एकै परिवारका २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने सोही परिवारका अन्य ३ जना गम्भिर घाइते भएका छन् ।
स्थानीयले दिएको जनकारी अनुसार बिहीबार दिउँसो २ बजे स्थानीय बजारमा कवाड पसल गरि बस्ने ५० वर्षीय बिकाउ सहानीले कवाड व्यवस्थापन गर्दा अचानक बिस्फोट भई सहानी र उनका ५ वर्षीय छोरा अमन सहानीको घटनास्थलमै मृत्यु भएको छ ।
सोही घटनामा परि सहानीकी श्रीमती उर्मिला सहानी, छोरी मिथिला सहानी र ममता सहानी गम्भिर घाईते भएका छन् ।
घाईतेहरुको उपचार भारतको गोरखपुरमा भैरहेको स्थानीयले जानकारी दिएका छन् । घाईतेहरुको अवस्था चिन्ताजनक रहेको छ ।
कबाड पसल गरि बसेका सहानीले नेपालबाट कवाड संकलन गरि लगेको र सोही कवाडलाई हथौडीले हान्दा सोमा बिस्फोट भएको स्थानीयको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण