ओली सरकार धेरै दिन टिक्दैनः महामन्त्री कोइराला
सल्यान –नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले वर्तमान ओली सरकार धेरैदिन टिक्न नसक्ने दावी गरेका छन् । वर्तमान सरकार पूर्ण रुपमा असफल भएका कारण धेरैदिन टिक्न नसक्ने बताए ।
बिहिबार नेपाली काँग्रेस सल्यानले खलंगामा आयोजना गरेको कार्यकर्ता भेला तथा अभिनन्दन कार्यक्रमलाई शम्बोधन गर्दै कोइरालाले ओली सरकारलाई अर्काले ढाल्ने नभई आफ्नै कारण ढल्ने बताए । उनले भने, ‘वर्तमान सरकारले जनजिविकाको कुरा, पूूर्णनिमार्ण, कालाबजारी, भ्रष्टचार मधेशी आन्दोललाई समाधान गर्न सकेन यसैले हामीले यो सरकार पूण असफल सरकार भईसकेको छ र चाँडै यो सरकार ढल्नेछ ।’
ओली सरकार ढलेपछि सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्ने बताए । तर उनले भ्रष्टाचारलाई निरन्तरता दिन काँग्रेस सरकारमा जान नहुने बताए । नेपाली काँग्रेसको सिद्धान्त एकातिर र व्यवहार अर्को तिर गइरहेको बताउदै उनले काँग्रेसले विचार सिद्धान्त भजाउने भन्दा पैसा भजाउने कार्यमा लागेकाले चिन्ता लागेको बताए ।
एक फरक प्रसंगमा उनले पाटीको क्रियाशिल पार्टी सदस्यताको वर्गिकरण अनिवार्य रुपमा गर्नु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण