बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुर्घटनामा आमाछोरीको मृत्यु

बिहीबार, ०६ जेठ २०७३, २० : ०३
बिहीबार, ०६ जेठ २०७३

नेपालगन्ज– नेपालगन्ज–गुलरिया सडकखण्डमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा आमाछोरीको मृत्यु भएको छ ।

अस्पतालमा उपचार गराई मोटरसाइकलमा घर फर्कदै गरेका आमा, छोरी र छोरा सवार भे२प ९०२५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको ना४ख ७१३४ नं। ट्रकले पछाडिबाट ठक्कर दिँदा गुलरिया नगरपालिका–८ की शोभादेवी पराजुली र उनकी छोरी माधुरीको मृत्यु भएको छ भने छोरा सोनज पराजुली घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घाइते सोनजको अवस्था पनि गम्भीर रहेको र थप उपचारका लागि भारतको लखनाउन लगिएको बाँकेका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप