बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतबाट नेपाल आउँदै गरेको बसमा शब फेला परेपछि...

बिहीबार, ०६ जेठ २०७३, २० : ०६
बिहीबार, ०६ जेठ २०७३

धनगढी–नयाँदिल्लीबाट धनगढीका लागि छुटेको ना५ख ६५०० नं को रात्रि बसको सिटमा एक नेपाली यात्रु आज मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले उक्त बसमा सवार बैतडी जिल्ला महारुद्र गाविस–४ का उदगीबहादुर चन्दलाई बसको सिटमा मृत फेला पारेको हो ।

दिल्लीको आनन्दबिहार बस बिसौनीबाट बुधबार साँझ बसमा चढेका चन्दको बस गुडिरहेकै अवस्थामा गएराति निधन भएको साथमै रहेका मृतका आफन्तलाई उद्धृत गर्दै प्रहरी निरीक्षक कर्ण कार्कीले बताए ।

बसमा चढ्नुअघि मुम्बईबाट दिल्लीको बस बिसौनातर्फ आउने क्रममा बाटोमा बान्ता भई बिरामी भएपछि स्थानीय अस्पतालमा उपचार गराई चन्द धनगढी आउने बसमा चढेको बताइएको छ । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप