वर्तमान सरकारको समीकरण कसैले भत्काउन सक्दैन : महासचिव पोखरेल
बिहीबार, ०६ जेठ २०७३, २० : ४१
काठमाडौँ– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमान सरकारको समीकरण बलियो भएकाले कसैले भत्काउन नसक्ने बताएका छन् ।
प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय अधिवेशनको बन्द सत्रलाई आज सम्बोधन गर्दै उनले विभिन्न शक्तिले वर्तमान सरकारको समीकरण भत्काउने प्रयास सफल नभएको बताए । “वर्तमान सरकार असफल गराउन धेरै पासा फालियो”–उनले भने, “पटक पटक फालिएको पासाको विरुद्ध हामी उभियौँ र त्यसलाई सफल हुन दिएनौँ ।”
चौतारीको पुरानो कार्यसमिति भङ्ग गरी नयाँ अध्यक्षमण्डल र निर्वाचन मण्डल गठन गरिएको छ । एमाले सचिव गोकर्ण विष्टको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल र तीर्थ कोइलाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचनमण्डल गठन गरिएको छ । बन्दसत्रले महासचिवको साङ्गठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण