अस्पतालमा पन्ध्र बिचौलिया पक्राउ
चितवन–लामो समयदेखि बिरामीलाई दुःख दिँदै आएका बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कृष्णपुरमा रहेका १५ बिचौलियालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार अस्पतालमा उपचार गराउन आएका बिरामीलाई सस्तोमा उपचार गराइदिने, प्रयोगशाला परीक्षण गराइदिने, होटलको व्यवस्था गरिदिने लगायत प्रलोभन देखाइरहेको समयमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका सबैलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिने प्रहरी प्रमुख कुँवरले बताए ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनले अस्पतालले सम्झाउँदा बुझाउँदा पनि अटेर गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । अस्पतालमा स्थापनाकालदेखि नै दलालको बिगबिगी रहेको भन्दै उनले नियन्त्रण गर्न सके बिरामी नठगिने बताए ।
अधिकांश चिकित्सक कर्मचारीको निजी अस्पताल, क्लिनिक, औषधि पसल र होटलमा लगानी समेत रहेकाले बिचौलियाको दरो पकड अस्पतालमा रहेको छ जसका कारण बिरामी ठगिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण