आइटिएफ तेक्वान्दो अध्यक्ष धमला अष्ट्रेलिया प्रस्थान गर्ने
काठमाडौँ – अष्ट्रेलियाको सिड्नीमा हुने टेक्नीकल सेमिनार तथा एडभान्स कोर्षमा सहभागी हुन जाने नेपाल आइटिएफ तेक्वान्दोका अध्यक्ष अन्जन धमलालाई बिहीबार बिदाई गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) स्थीत नेपाल राष्ट्रिय मार्सल गेम्स कमिटीको हलमा धमलालाई कमिटी(एनएमजीसी)का अध्यक्ष प्रविन कुमार कार्की,आइटिएफ तेक्वान्दोका उपाध्यक्ष विजय श्रेष्ठ,कोषाध्यक्ष बासुदेव भटृ,आइटिएफ तेक्वान्दोका केन्द्रीय सदस्य उमेश राजथला लगायतले विदाई गरे । सिड्नीमा हुने सेमीनार तथा कोर्ष २१ देखि २३मेसम्म हुनेछ । अष्टेलियाको आइटिएफको आयोजनामा उक्त सेमिनार हुन लागेको हो ।
धमला तेक्वान्दोका पाँचौँ डान ब्लाक बेल्ट तथा अन्र्तराष्ट्रिय प्रशिक्षक समेत हुन् । अन्र्तराष्ट्रिय रेफ्री समेत रहेका धमलालाई सन् २०१५ मा बुल्गेरियामा भएको आइटिएफ तेक्वान्दोको कग्रेशमा विश्व आइटिएफ तेक्वान्दो महासघंले बेस्ट इन्स्ट्रक्टरको अवार्ड प्रदान गरेको थियो । विदाई अवसरमा एनएमजीसीका अध्यक्ष कार्कीले सफलताको शुभकामना दिदै त्यहाँ प्राप्त ज्ञान र कलालाई नेपालमा तेक्वान्दो खेल विकास निम्ती लगाउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण