माओवादी एकताको प्रवासी नेपालीद्धारा स्वागत
उदयपुर – विभिन्न टुक्रामा विभाजित माओवादी घटकहरुको एकतालाई प्रवासी नेपालीले स्वागत गरेका छन् । नेपाली जनप्रगतिशिल मञ्च दोहा कतारले विहीबार एक विज्ञप्ती जारी गर्दै माओवादी घटकहरुको एकतालाई स्वागत गरेको हो ।
मंचका अध्यक्ष शनिकुमार ओली र महासचिव जैवी राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा माओवादी घटकहरुको १९ मे २०१६ का दिन काठमाडौंमा भएको बृहत माओवादी पार्टी एकताले विभिन्न समय र कालखण्डमा माओवादी आन्दोलनप्रति समर्पित महान सहिदहरुको लक्ष्य र सपनालाई साकार बनाउने प्रयत्न भएको जनाएको छ ।
विज्ञप्तीमा बेपत्ता तथा घाइते परिवारको इच्छा र भावनाको सम्मानमा माओवादी देशभक्त क्रान्तिकारी बामपन्थी प्रगतिशील आस्थावान कार्यकर्तालाई नयाँ उर्जा थपेकाले एकताप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ । मञ्चले एकतामा आउने सम्पूर्ण माओवादी घटक पार्टी नेतृत्व र आम कार्यकर्ताहरुमा १० वर्षे जनयुद्धकालमा सँगै सहयात्रीका रूपमा महान जनयुद्धको नेतृत्व गरेका नेता तथा कार्यकर्ताहरु फुटेर हैन जुटेर मात्रै उपलब्धिको रक्षा र विकास गर्न सकिन्छ भन्ने सन्देश दिएको जनाइएको छ ।
विदेशमा रहेर विभिन्न पेशामा रहेका नेपालीहरुले एकता संविधानलाई कार्यन्वयन, समृद्ध नेपाल बनाउने महान अभियानमा र विस्तृत शान्ती सम्झौतालाई अन्तिम टुंगोमा पुर्याउनका लागि हाम्रो पार्टी अग्रपंक्तिमा रहि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको विज्ञप्तीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण