कन्टिनेन्टलमा उद्घोषण तालिम
गैँडाकोट– नवलपरासीको गैंडाकोट–२ मा रहेको कन्टिनेन्टल ईंग्लीस बोर्डीङ उच्च माध्यमिक विद्यालयमा चार दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
विद्यार्थीको सर्वाङगीण विकासका उद्घोषण तालिमको आयोजना गरिएको थियो । पढेका कुरा समाजमा गएर प्रस्तुत गर्ने कलाको विकास विद्यार्थीमा भएमा समाज परिवर्तन गर्न मद्दत पुग्ने विद्यालयका प्राचार्य श्रीहरी चालिसेले बताए ।
चार दिनको तालिमको सन्दर्भमा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न निरन्तर प्रयास गरेमा विद्यार्थीहरुमा उद्घोषण कलाको विकास हुने तालिमका प्रशिक्षक विजय एफएमका समाचार प्रमुख तथा विजय खबर पत्रिकाका कार्यकारी सम्पादक श्रीधर उपाध्यायले बताए ।
विद्यार्थीहरुलाई उद्घोषणकला, उद्घोषकमा हुनुपर्ने गुण, आत्मविश्वस कसरी बढाउने र औपचारिक कार्यक्रम सञ्चालनका विषयमा जानकारी दिइएको थियो । तालिममा सहभागि विद्यार्थीहरुले तालिमले आफूहरुमा आत्मविश्वास बढाएको बताएका छन् । जेष्ठ २ गतेबाट सुरु भएको तालीममा ५० जनाभन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण