बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सार्वजनिक सडकमुनी अधिकांश घरका सेफ्टी ट्याङकी भएको खुलासा

शुक्रबार, ०७ जेठ २०७३, ०७ : ५२
शुक्रबार, ०७ जेठ २०७३

पोखरा – पोखराको न्यूरोडस्थित संगम मार्गमा रहेका ७५ घर मध्ये दुईवटा घरको मानव मलमुत्र जम्मा हुने सेफ्टी टयांङ्की सार्वजनिक सडकमुनी रहेको फेला परेको छ ।

हालै सुरु गरिएको संगम मार्ग निर्माणको अवसरमा स्थानीय घरवाला नारायण पौडेल र कृष्ण लामिछानेको घरका सेफ्टी ट्याङकी सार्वजनिक सडकमुनी दवाएको अवस्थामा फेला परेका हुन् ।

पहिला बनेका घरहरुले यसरी सडकमा सेफ्टी ट्याङ्की राखेको भएपनि अहिले नयाँ मापदण्ड अनुसार सडक निर्माण गर्न थालिएपछि ती घर धनीले ती सेफ्टी ट्याङ्की हटाउनु पर्नेछ ।

सडकमा सेफ्टी ट्याङ्की रहेका स्थानीय कृष्ण लामिछानेले सेफ्टी ट्याङ्की हटाएर बाटो निर्माणलाई सहयोग पुर्याएको स्थानीयवासीले बताएका छन् ।

तर, सोही मार्गमा सडकमुनी सेफ्टी ट्यांङ्की भएका स्थानीय नारायण पौडेलले सडक निर्माणमा अवरोध खडा गरेको स्थानीय टोलवासीले जानकारी दिएका छन् ।

सडकमा रहेको सेफ्टी ट्याङ्की हटाउन भन्दा उल्टै कानुनको धाक लगाएर पौडेलले सडक निर्माणमा अवरोध पुर्याएको टोलवासीको गुनासो छ ।

स्रोतका अनुसार सडकमा सेफ्टी ट्याङ्की दवाएका पौडेल कानूनका विद्यार्थी रहेको वुझिएको छ । आफैले कानून जानेका उनले कानुनको परिपालना गर्नु पर्नेमा उल्टै टोलवासीलाई नै कानुनको धाक लगाएर यतिवेला तर्साउने हर्कत गरेको स्थानीय वासीको आरोप छ ।

उनले सडकको सेफ्टी ट्याङ्की हटाईदिन पटक पटक टोलवासीले गरेको अनुरोधलाई लत्याउँदै आएको वुझिएको छ । बरु उल्टै कानुनी प्रक्रियामा जाने भन्दै धाक समेत लगाउँदै आएको टोलवासीले गुनासो गरेका छन् ।

यता सडकमा सेफ्टी ट्यांङ्की भएका स्थानीय नारायण पौडेलले आफ्नो घर पहिल्यै वनेकोले अहिले आएर सेफ्टी ट्यांङ्की हटाउन नदिने प्रतिक्रिया दिएका छन् । उनले मापदण्ड भन्दैमा जे पनि गर्न नगरपालिकालाई छुट नभएको वताएका छन् ।

पोखरा उपमहानगरपालिकाका वरिष्ठ नगरनिरिक्षक वसन्त चालिसेले तत्काल सार्वजनिक सडकको सेफ्टी ट्याङ्की नहटाई सडक निर्माणमा अवरोध खडा गरेमा पौडेललाई कानुन अनुसार कारवाही हुने बताएका छन् ।

पोखरा उपमहानगरपालिकाको ७० प्रतिशत र स्थानीयवासीको ३० प्रतिशत लागत गरी कुल १ करोड १० लाखको लागतमा सो सडक निर्माण हुन लागेको हो ।

सो सडकको कूल लम्वाई ४ सय २० मिटर र कूल चौडाई ३० फिट रहेको सो सडक हेर्दै आएका पोखरा उपमहानगरपालिका कार्यालयका सव इन्जिनियर नेत्र तिमिल्सिनाले जानकारी दिएका छन् ।

पोखराको अधिकांश सार्वजनिक सडकमुनी घरका सेफ्टी ट्यांङ्की राखिएको पाईएको छ । पोखरा उपमहानगरपालिका कार्यालयले कडाई गर्न नसक्दा मानिसका घरका सेफ्टी ट्याङ्की सडक मुनी निर्माण भएका हुन् ।

पोखरामा निर्माण भएका पुराना घरहरुले यसरी सडकमा सेफ्टी ट्याङकी राखेका र नयाँ वाटो वनाउदा पनि त्यस्ता सेफ्टी ट्याङ्की रातारात सडक मुनी नै दवाईने गरेका छन् ।

पोखराको न्यूरोड र नयाँ वजारमा वनेका अधिकांश घरहरुले सडकमा सेफ्टी ट्याङ्की दवाएका छन् ।

पोखराका पुराना अधिकांश घरहरुले सडकमा नै सेफ्टी ट्याङ्की दवाउँदा सडक हिड्ने वटुवालाई दुर्गन्ध हुनुका साथै सडकमा ठूलो वाढी आउँदा मान्छे नै सेफ्टी ट्याङकीमा खस्ने खतरा वढको नागरिकको गुनासो छ ।

केही वर्ष अगाडि पोखराको न्यूरोड र नयाँवजारमा राइट अफदी वे अभियान चलाउँदा सडकमुनी देखा परेका केही घरका सेफ्टी ट्याङ्की स्थानीयवासीले रातारात सडक मुनी दवाउँदा नगरपालिका मुकदर्शक वनेको थियो । जसका कारण पोखरामा अहिले पनि कानून मिच्नेलाई वल पुगेको स्थानीय नागरिकको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप