साङ्गीतिक नक्षत्रमा चम्किलो तारा बन्दै बाल गायिका साम्राज्ञी मल्ल (भिडियो)
काठमाडौँ – ‘बुद्ध हिँड्ने बाटो हाम्लाई हिँडाइदेउ न, शान्ति के हो बाबा हाम्लाई चिनाइदेउ न’ साङ्गीतिक नक्षत्रमा आफुलार्इ अब्बल बनाउन कोसिसरत नाम हो साम्राज्ञी मल्ल । कलिलो उमेरमा नै गायन क्षेत्रमा प्रवेश गरेर सबैको मन जित्न सफल बालगायिका हुन् साम्राज्ञी मल्ल जादुमय आवाजको धनि गायिका मल्ल संगीतलार्इ सरस्वतिको प्रसाद ठान्छिन् ।
राष्ट्रिय गीत गाएर शान्तिको सन्देश दिँदै अगाडी बढ्दै छिन बाल गायिका मल्ल । मेरीडीयन इन्टरनेसनल स्कुल बालुवाटारमा कक्षा ७ मा पढने साम्राज्ञी मल्ल भर्खर १० वर्ष मात्र लागिन् । चार वर्षको उमेरदेखि नै गीत गुनगुनाउन थालेकी साम्रज्ञीको प्रतिभाले अहिले आएर नेपाली साङ्गीतिक क्षेत्रमा कमाल देखाउन थालेको छ ।
शास्त्रीयदेखि आधुनिक, लोक र भजन गीतसम्म गाउन सक्ने साम्राज्ञीले हालै ‘बुद्ध हिँड्ने बाटो’ नामक एल्बम पनि बजारमा ल्याएकी छन् । सानै उमेरदेखि शास्त्रीय संगीतको अध्ययनमा लागेकी साम्राज्ञी भविश्यमा चर्चित गायिका बन्न चाहन्छिन् ।आफू गायन क्षेत्रमा प्रवेश गर्नुको श्रेय आफ्नो हजुरबुबालार्इ दिने बाल गायिका साम्राज्ञी मल्ल हजुरबुबाका गीत सुनेर साङ्गीतिक क्षेत्र प्रवेश गरेकी हुन्
। उनी पुरानो गायक संगीतकार पनि हुनुहुन्छ उनी भन्छिन्, ‘रेडियो नेपालमा हजुरबुबाको धेरै गीत रेकर्ड भएका छन् । उनको गीत सुनेर मलाई पनि त्यस्तै हुन मन लाग्थ्यो त्यही भएर म आफ्नै खुसीले आफ्नो परिवारको प्रेरणाले लागेको हुँ ।’
यसमा मेरो बुवा र ममीले पनि धेरै सहयोग गर्नुभयो र ममीको साथ् र सहयोगले गर्दा नै उनीलाई अहिले अगाडी बढ्न सजिलो भएको कुरा उनि बताउँछिन । उनी थप्छिन्, ‘गीत संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागिपर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण