बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई प्रहरीसहित चारजना जेल चलान

शुक्रबार, ०७ जेठ २०७३, ०८ : २२
शुक्रबार, ०७ जेठ २०७३

वीरगन्ज– व्यापारी अपहरणको अभियोगमा पक्राउ परेका दुई प्रहरी जवानसहित चारजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ ।

वीरगन्ज उपमहानगरपालिका–१९ निवासी राजेशकुमार साह कानुलाई अपहरण गरी चार लाख रुपैयाँ फिरौती लिएको अभियोगमा पक्राउ परेका वीरगन्ज–१८ निवासी प्रहरी जवान अरविन्द सिंह, प्रहरी जवान विनय सिंह, दीपक सिंह र वीरगन्ज–१४ निवासी भगवान् सिंहलाई अदालतले अर्को आदेश नभएसम्मका लागि वीरगन्ज कारागारमा पठाउन आदेश दिएको हो ।

गत चैत १३ गते चारैजनालाई पक्राउ गरी अपहरण तथा शरीर बन्धकी मुद्दा दाखिला गरेकोमा बिहीबार पर्सा जिल्ला अदालतको ८ नम्बर बेन्चका न्यायाधीश राजेन्द्र नेपालको एकल इजलासले चारैजना आरोपीलाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।

व्यापारी अपहरणको अभियोगमा पक्राउ परेदेखि ५६ दिनसम्म जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका चारैजनालाई आजै कारागारमा सारिएको उपरीक्षक श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप