बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्ततः सिगात्सेबाट रेलमा ल्याइएको सामग्री रसुवागढी आइपुग्यो

शुक्रबार, ०७ जेठ २०७३, ०८ : २८
शुक्रबार, ०७ जेठ २०७३

धुन्चे – नेपाल–चीनबीचको उत्तरी नाका रसुवागढीताल रेल सेवामार्फत आएको सामग्री नेपाल भित्रने तयारी भइरहेको छ ।

काठमाडौँमा व्यवसायीले मगाएका विभिन्न प्रकारका व्यावसायिक सामान सिगात्सेसम्म रेल र केरुङ, पाङसाङसम्म ट्रकमा आइपुगेका छन् । नेपाल पठाउन बिहीबार अपराह्नदेखि नेपाली कन्टेनरमा लोड गर्ने कार्य सुरु भइसकेको चिनियाँ ढुवानी कम्पनी मुसा ट्रान्सपोर्टेसनले टेलिफोनमार्फत जनाएको छ । केरुङको पाङसाङबाट रसुवागढीसम्मको दूरी ३२ किमी छ ।

चिनियाँ ब्रान्डका तयारी कपडा, इलेक्ट्रिक सामान, जुत्ता, चप्पल, कम्बल, सिरक लगायत विभिन्न सामान ल्याइएको मुसा ट्रान्सपोर्टेसनका प्रबन्ध निर्देशक ज्याङसे पिङले जानकारी दिए। ती सामग्री शुक्रबार रसुवागढी भित्रने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप