अत्याधुनिक तथा सुविधासम्पन्न बसपार्क निर्माण हुने
मोरङ– विराटनगरमा कुल १४ करोड ११ लाख रुपैयाँको लागतमा अढाइ तल्ले अत्याधुनिक तथा सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ ।
बसपार्क निर्माणका लागि विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी र नगर विकास कोषका निर्देशक मणिराम सिंह महतबीच बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी बसपार्क निर्माणका लागि १२ करोड ७० लाख रुपैयाँ ऋण दिने सम्झौतामा हस्ताक्षर गरियो ।
साढे नौ प्रतिशत ब्याजमा २० वर्षसम्ममा उपमहानगरपालिकाकाले तिरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । ऋणबाहेक नगर विकास कोषले थप एक करोड पाँच लाख रुपैया अनुदानसमेत दिने भएको छ । १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने उद्देश्य लिइएको कार्यकारी प्रमुख रेग्मीले बताए ।
बसपार्क निमार्णका लागि विराटनगर उप–महानगरपालिकाले पहिलो चरणमा रु ३५ लाख २७ हजार रकम व्यहोर्नुपर्नेछ । बसपार्कमा साना र ठूला गरी ५० वटा बस राख्न सक्ने क्षमता रहने बताइएको छ ।
कार्यकारी निर्देशक रेग्मीले यो बसपार्क केही वर्षका लागि सञ्चालन गरिने भन्दै बृहद् बसपार्क निर्माणका लागि नगरपालिकाले जग्गा खोजिरहेको बताए । तीन महिनाभित्र बसपार्कको निर्माण कार्य सुरु हुने जनाइएको छ । नगरपालिकाले अहिलेको विराटनगरको स्थानीय बसपार्कमै टर्मिनल बसपार्क निर्माण गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण