बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाउँलेले तीस लाख रुपैयाँले पदमार्ग बनाए

शुक्रबार, ०७ जेठ २०७३, ०८ : ४३
शुक्रबार, ०७ जेठ २०७३

म्याग्दी–समुदायले आँट्यो भने गाउँको विकासका लागि सरकारको मात्र मुख ताकेर बस्नुपर्दो रहेनछ भन्ने उदाहरण म्याग्दीको शिख गाविसमा पर्ने पाउद्वार गाउँका बासिन्दा बनेका छन् ।

यहाँका बासिन्दाले स्थानीयस्तरबाट नै ३० लाख रुपैयाँ लगानी गरेर पदमार्ग निर्माण गरी उदाहरणीय बनेका हुन् । गाउँदेखि पर्यटकीय तथा धार्मिक क्षेत्र खोप्रा लेक जाने विभिन्न स्थानमा गरी तीन किलोमिटर पदमार्ग निर्माण गरेको पाउद्वार माविका शिक्षक भीमबहादुर पुनले जानकारी दिए ।

गाउँका ३० घरधुरीले दिवङ्गत आफन्तको स्मृतिमा दिएको रु ३० लाख चन्दा रकमबाट पदमार्ग निर्माण भएको हो । दाताले दिवङ्गत आफन्तको स्मृतिमा पदमार्गका विभिन्न स्थानमा विश्रामस्थलसमेत बनाएका छन् । शिख गाविस वडा नं–५, ६, ७, ८ र ९ मा पर्ने पाउद्वारमा तीन वर्षअघि कसैको निधन भएमा ऐच्छिकरुपमा पदमार्ग निर्माणमा सहयोग गर्ने निर्णय गरिएको थियो ।

मृतकको स्मृतिमा पदमार्ग बनाउन थालिएपछि खोप्रा जाने पर्यटकलाई सहज हुनुका साथै दातालाई पुण्य मिलेको खोप्रा सामुदायिक लज व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर मगरले बताए । संस्कारगत क्रियाकलापमा हुने अनावश्यक खर्च कटाएर पदमार्गलाई सहयोग गरिएको दाताले बताएका छन् । पदमार्ग निर्माणपछि पर्यटकीय तथा धार्मिक दृष्टिकोणले समेत निकै महत्वपूर्ण मानिने खोप्रालेकमा पुग्न निकै सुविधा भएको स्थानीयवासीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप